भक्तपुर : सरकारले जेठ १ गतेदेखि शनिबार र आइतबार २ दिन सार्वजनिक बिदा दिने निणर्य गरेपछि स्वास्थ्य संस्थाबाट उपलब्ध हुने सेवा के हुन्छ भन्ने बारेमा धेरै जनाको चासो बढेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्कुल र कलेजहरु पनि सरकारी कार्यालय जस्तै हप्ताको २ दिन बन्द हुने जानकारी दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भने लगातार २ दिन ओपीडी सेवा बन्द नगर्ने पक्षमा रहेको छ । अन्य सरकारी सेवा सातामा २ दिन बन्द भएपनि आइतबार अस्पतालका ओपीडी बन्द नगर्ने स्वास्थ्यमन्त्री विरोध खतिवडाले जानकारी गराउनुभयो ।
स्वास्थ्य संस्थाबाट उपलब्ध हुने सेवा कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा थप छलफल भएपछि मात्रै निणर्य हुने मन्त्रालयकी प्रवक्ता डा. संगिता मिश्राले बताउनुभयो ।
लगातार २ दिन सार्वजनिक बिदा हुँदा बिरामी मारमा पर्ने भएकाले स्वास्थ्य सेवालाई निरन्तरता दिनुपर्ने अस्पताल व्यवस्थापक तथा जनस्वास्थ्यविदहरुको भनाइ छ ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-9851124751
ईमेल: [email protected]
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com