बैशाख १६ , भक्तपुर
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका अमानसिंह तामाङले उम्मेदवारी फिर्ता लिएका छन ।
तामाङ ०७४ को निर्वाचनमा सोही नगरका प्रमुखमा निर्वाचित भएका थिए। आसन्न स्थानिय तहको निर्वाचनमा पनि प्रमुख पदमा उनलाई पार्टीले टिकट नदिएपछि स्वतन्त्रबाट उम्मेदवारी दर्ता गरेका थिए।
उम्मेदवारी फिर्ता लिनका लागि तामाङलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टेलिफोन गरेका थिए। प्रचण्डको फोनपछि आफू उम्मेदवारी फिर्ता लिगेको तामाङ बताए ।
पार्टीको अभिभावक नै प्रचण्ड भएकाले उनले भनेपछि आफू मान्न तयार भएको तामाङको भनाई छ। ‘प्रचण्ड भनेको पार्टीको अभिभावक हो,’ तमाङले भने, ‘अभिभावकले भनेको मानेन भने अराजकता पनि हुन्छ।’
यसअघि ०७४ को निर्वाचनमा पनि सुरुमा पार्टीले टिकट नदिने संकेत देखाएपछि तामाङले ‘बागी’ उम्मेदवारी दिने बताएका थिए। अन्तसम्म अडान कायम राखेपछि त्यतिबेला पनि तामाङलाई प्रचण्डले फोन नै गरेर फकाउने प्रयास गरेका थिए। त्यतिबेला तामाङसँग चौतारा साँगाचोकगढीको प्रमुखमा अहिलेका बागमती प्रदेशसभा सदस्य युवराज दुलाल पनि आकांक्षी थिए। प्रचण्ड परिवारसँग नजिक मानिने दुलाललाई अन्तिममा ब्याक हटाएर पार्टीले तामाङलाई टिकट दिएको थियो।
अहिले चौतारा साँगाचोकगढीको प्रमुखमा माओवादीले कृष्ण प्रसाद सापकोटा ‘देशबन्धु’लाई उम्मेदवार बनाएको छ।
फोटो फिचर
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-9851124751
ईमेल: [email protected]
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com