• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ माघ १८, आईतबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १कुहिरोले तराईको जनजीवन प्रभावित , हिमाली भागमा हिमपात र वर्षाको सम्भावना
  • २राष्ट्रपति पौडेल आज जापानको औपचारिक भ्रमणमा जाँदै
  • ३डिजेल र मट्टितेलको मूल्य बढ्यो, पेट्रोल र ग्यास यथावत्
  • ४अचानक बिरामी परेका पत्रकार सिटौलाको स्वास्थ्य अवस्था बुझ्न बालेन शाह पुगे अस्पताल
  • ५कांग्रेसले केन्द्रीय पदाधिकारी–सदस्यलाई जिल्ला र निर्वाचन क्षेत्रमा परिचालन गर्ने
  • ६“७२ वर्ष भए पनि राजनीति छाड्दिनँ, अझै केही वर्ष भिड्छु”: प्रचण्ड
  • ७बालेन शाहको घरमा चोरी, सिसीटिभी नै गायब प्रहरीद्वारा अनुसन्धान सुरु
  • ८कस्तो रहनेछ, आजको मौसमा ?
  • ९आचारसंहिता उल्लंघनमाथि निगरानी तीव्र, ३०२ हानिकारक सूचना कारबाहीको दायरामा
  • १०अछाममा रास्वपाको चुनावी कार्यक्रममा सिक्री चोर्ने युवक पक्राउ
  • ११खगेन्द्र सुनारको विवादित अभिव्यक्तिपछि रास्वपाको गम्भीर ध्यानाकर्षण [विज्ञप्तिसहित]
  • १२एमाले निकट युवा संघ अध्यक्षमा महाराज गुरूङ चयन
  • १३कर्णालीबाट,नेता बालेन भने “कर्नालीका सुइना, अब हाम्मा सुइना”
  • १४अज्ञात व्यक्तिद्धारा खेतमा काम गरिहेका व्यक्तिमाथि गोली हानी हत्या
  • १५श्रीमतीको हत्या गरेर मैले श्रीमती हत्या गरेँ भन्दै श्रीमान् पुगे प्रहरी कार्यालय

NitcoNepal

Tags

उज्यालो नेपाल पार्टी नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा युवराज सफल रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  अन्तरवार्ता

जसले क्यान्सर अस्पतालको मुहार फेरे


उज्यालो समाचार April 26, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

चितवन । चार वर्ष अघि यहाँको बिपि कोइराला मेमोरियल क्यान्सर अस्पतालमा वेथिति बढेपछि स्थानीय प्रशासनले हस्तक्षेप गरी सेवा सुधारका लागि पहल गरेको थियो । अस्पतालका उपकरणहरु थन्किएका थिए । उपकरण बिग्रिएर र आवश्यक रि–एजेन्टहरु नहुँदा अधिकांश सेवा ठप्प हुँदै गएको थियो ।
अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कार्यालय समयमा बाहिर सेवा गर्न थालेपछि प्रशासनले प्रत्यक्ष चेकजाँच समेत गरेको थियो । यसबीचमा अस्पतालका कार्यकारी निर्देशकमा प्राडा विजयचन्द्र आचार्य नियुक्त भएपछि अस्पतालको भौतिक, उपकरण , सेवा तथा प्रशासनिक लगायतका क्षेत्रमा आमूल सुधार आएको जनाइएको छ । उनको तीनवर्षे कार्यकालको नियुिक्त विस २०७४ वैशाख २४ गते भएको थियो ।
उनले भने, ‘मैले कार्यभार सम्हाल्दा अस्पतालमा १ सय ९४ श्यया रहेको थियो । अहिले ४ सय ५० पुगेको छ । आठवटा अत्याधुनिक मोडुलर शल्यक्रिया थ्रेटर जडान गरिएको छ । यस अघि चारवटा पुरानो ढाँचाका थे्रटर रहेका थिए । यस्तै १८ श्ययाको सघन उपचार कक्ष निर्माण गरिएको छ ।’ वि.सं. २०५७ मा एक सय श्ययाबाट अस्पताल सञ्चालनमा आएको थियो ।
अस्पतालमा अतिरिक्त विस्तारित सेवा सुरु गरिएको छ । यसले गर्दा कार्यालय समय बाहेकको समयमा थप शुल्क तिरेर बिरामीले उपचार सेवा पाएका छन् । यससँगै निजीको महंगो शुल्कबाट बिरामी जोगिएका छन् । कार्यकारी निर्देशक डा आचार्यका अनुसार पोखरा विश्वविद्यालयसँग सहकार्य गरेर स्नातक नर्सिङ् अंकोलोजिमा पढाई सुरु भएको छ । दोस्रो सत्रका विद्यार्थी अहिले अध्ययनरत छन् । अहिले ३० जना विद्यार्थी अध्ययनरत रहेका छन् । अस्पतालमा तीनवटा नयाँ रेडियोथेरापि उपकरण थप गरिएको छ भने एउटा पुरानोलाई मर्मत गरि संञ्चालनमा ल्याइएको छ । उनले दैनिक ६० जना हाराहारीले सो सेवा पाउने गरेकोमा अहिले २०० जनाले सुबिधा पाएका छन् ।यसका कारण पालोमा बस्नु नपर्ने भएको छ ।
अस्पतालले अक्सिजन प्लान्ट र फोहोर व्यवस्थापनको काम सुरु गरेको छ । अस्पतालका काउण्टर कृषि बिकास बैङक मार्फत् सञ्चालन गरिएका छन् । अस्पतालको प्याथोलोजिमा नयाँ उपकरण जडान गरिएको छ भने दुई–दुई घण्टामा नतिजा दिनका लागि आकस्मिक प्रयोगशाला संञ्चालनमा ल्याईएको छ । लोक सेवा मार्फत भर्ना र कर्मचारीको वृत्तिबिकासको काम थालिएको छ ।
अस्पतलामा थन्किएका सिटि, एमआरआई, प्लेटलेट फेरेसिस जस्ता उपकरणहरु सञ्चालनमा आएका छन् भने शल्यक्रिया र वहिरंग सेवा दैनिक संञ्चालनमा आएका छन् । उनले भने, ‘यस अघि शल्यक्रिया र वहिरंग सेवा पालो गरेर दिने गरिन्थ्यो । अव पालो कुनु पर्दैन । अस्पतालको मर्मत सम्भार, रङ्ग रोगन, कालोपत्रेको ओभरले जस्ता भौतिक निर्माणका काम सम्पन्न गरिएका छन् ।’ अस्पतालमा बन्दै गरेको भवन सम्पन्न गरि सेवा बिस्तार गरिएको हो । अस्पतालले आफ्नै फार्मेसी सेवा शुरुआत गरेको छ ।
उनका अनुसार दैनिक ३ सय हाराहारीका बिरामीको संख्या ७ सय पु¥याईएको छ भने दैनिक रु ४ लाख हाराहारीको राजस्व रु १५ लाख पु¥याइएको छ । अस्पतलाले बार्षिक रुपमा क्यान्सरका मात्र आठ हजार बिरामीलाई सेवा दिदै आएको छ । गतवर्ष सबै बिरामी गरि १ लाख ४० हजारले सेवा लिएको अस्पताललले जनाएको छ ।
नेपालका ७७ जिल्ला र भारतीय सिमा क्षेत्रबाट समेत बिरामी उपचारका लागि आउने गर्दछन् । चिनिया सरकारको सहयोगमा सो अस्पताल बनेको हो । अस्पतालमा हाल चिनिया १५ जना विशेषज्ञ चिकित्सक सहित ७ सय हाराहारी चिकित्सक,स्वास्थ्यकर्मी तथा कर्मचारी कार्यरत रहेका छन् ।
अस्पतालमा उप–कार्यकारी निर्देशक हुँदाहुँदै हालै मात्र अध्यक्ष भएका डा. निर्मल लामिछाने अस्पतालको आन्तरिक विकास र व्यवस्थापनमा आमूल परिवर्तन आएको बताउँछन् । जसका कारण बिरामीले नीजिमा धाउनु नपर्ने भएको र छोटो समयमा नतिजा प्राप्त गर्न सफल भएको उनको भनाई छ । न्यून शुल्कमा उपचार हुने भएकाले धेरैको आकर्षण क्यान्सर अस्पतालमा छ ।
क्यान्सर सेवा समाजका सल्लाहाकार संयोजक श्यामप्रसाद लामिछाने अस्तव्यस्थ वनेको क्यान्सर अस्पतालले गति लिएको जानकारी दिन्छन् । आर्थिक रुपमा सम्पन्न नभएका बिरामीको पनि उपचार गर्ने अस्पताल भएकाले यसको छुट्टै महत्व भएको उनी बताउँछन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनका अध्यक्ष यमवहादुर परियारले अस्पताल अहिले सुधारात्मक ढङ्गबाट अघि बढेको बताए । अस्पताल सेवाका बारेमा जिल्लाका सबैले चिन्ता व्यक्त गरेका थिए ।
नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ धारासायी बनिसकेको अस्पतालको प्रशासनिक, भौतिकसँगै उपचारका सेवाहरु सबैमा आमूल परिवर्तन आएको बताउँछन् । बिपि कोइराला मेमोरियल क्यान्सर अस्पताललाई एसियाकै नमुना अस्पताल बनाउने संकल्पका साथ स्थापना गरिएको हो । धारासायी हुनबाट बचेर सुधारको बाटोमा अघि बढे पनि अझै थप व्यवस्थित गरि सुबिधा दिनुपर्ने सर्वसाधारण बताउँछन् ।

सम्बन्धित पोस्ट
  • कुहिरोले तराईको जनजीवन प्रभावित , हिमाली भागमा हिमपात र वर्षाको सम्भावना
  • राष्ट्रपति पौडेल आज जापानको औपचारिक भ्रमणमा जाँदै
  • डिजेल र मट्टितेलको मूल्य बढ्यो, पेट्रोल र ग्यास यथावत्
  • अचानक बिरामी परेका पत्रकार सिटौलाको स्वास्थ्य अवस्था बुझ्न बालेन शाह पुगे अस्पताल
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    कुहिरोले तराईको जनजीवन प्रभावित , हिमाली भागमा हिमपात र वर्षाको सम्भावना

    राष्ट्रपति पौडेल आज जापानको औपचारिक भ्रमणमा जाँदै

    डिजेल र मट्टितेलको मूल्य बढ्यो, पेट्रोल र ग्यास यथावत्

    अचानक बिरामी परेका पत्रकार सिटौलाको स्वास्थ्य अवस्था बुझ्न बालेन शाह पुगे अस्पताल

    कांग्रेसले केन्द्रीय पदाधिकारी–सदस्यलाई जिल्ला र निर्वाचन क्षेत्रमा परिचालन गर्ने

    “७२ वर्ष भए पनि राजनीति छाड्दिनँ, अझै केही वर्ष भिड्छु”: प्रचण्ड

    बालेन शाहको घरमा चोरी, सिसीटिभी नै गायब प्रहरीद्वारा अनुसन्धान सुरु

    कस्तो रहनेछ, आजको मौसमा ?

    राष्ट्रपति पौडेल आज जापानको औपचारिक भ्रमणमा जाँदै

    अचानक बिरामी परेका पत्रकार सिटौलाको स्वास्थ्य अवस्था बुझ्न बालेन शाह पुगे अस्पताल

    कांग्रेसले केन्द्रीय पदाधिकारी–सदस्यलाई जिल्ला र निर्वाचन क्षेत्रमा परिचालन गर्ने

    “७२ वर्ष भए पनि राजनीति छाड्दिनँ, अझै केही वर्ष भिड्छु”: प्रचण्ड

    कस्तो रहनेछ, आजको मौसमा ?

    उज्यालो समाचार

    कुहिरोले तराईको जनजीवन प्रभावित , हिमाली भागमा हिमपात र वर्षाको सम्भावना

    राष्ट्रपति पौडेल आज जापानको औपचारिक भ्रमणमा जाँदै

    डिजेल र मट्टितेलको मूल्य बढ्यो, पेट्रोल र ग्यास यथावत्

    अचानक बिरामी परेका पत्रकार सिटौलाको स्वास्थ्य अवस्था बुझ्न बालेन शाह पुगे अस्पताल

    कांग्रेसले केन्द्रीय पदाधिकारी–सदस्यलाई जिल्ला र निर्वाचन क्षेत्रमा परिचालन गर्ने

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑