• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ माघ २२, बिहिबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १काठमाडौंबाट उडेको ४ मिनेटमै इञ्जिन समस्या आएपछी जहाज कोलकातामा सुरक्षित अवतरण
  • २“राष्ट्रभन्दा माथि पार्टीको स्वार्थ राख्दैन बदलिएको कांग्रेस”:सभापति गगन थापा
  • ३डस्टबिनबाट सुन निकाल्दै गरेका त्रिभुवन विमानस्थलका कर्मचारी पक्राउ
  • ४तालिम सकेर घर फर्कँदै गरेका निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्यु
  • ५आजदेखि निर्वाचन सुरक्षाका लागि नेपाली सेना परिचालन
  • ६काठमाडौंको  नयाँबस्तीमा आगलागी, २४ परिवार विस्थापित
  • ७सामाजिक सञ्जाल नियमन विधेयक फिर्ता लिने सरकारको निर्णय
  • ८क्रान्तिको घण्टी बजिसक्यो, अन्तिम पर्दा उठ्न बाँकी छ”: रवि लामिछाने
  • ९बालेन शाहसँगै सुदूरपश्चिम पुगेका पत्रकार दिनेश सिटौला रहेनन्
  • १०कुहिरोले तराईको जनजीवन प्रभावित , हिमाली भागमा हिमपात र वर्षाको सम्भावना
  • ११राष्ट्रपति पौडेल आज जापानको औपचारिक भ्रमणमा जाँदै
  • १२डिजेल र मट्टितेलको मूल्य बढ्यो, पेट्रोल र ग्यास यथावत्
  • १३अचानक बिरामी परेका पत्रकार सिटौलाको स्वास्थ्य अवस्था बुझ्न बालेन शाह पुगे अस्पताल
  • १४कांग्रेसले केन्द्रीय पदाधिकारी–सदस्यलाई जिल्ला र निर्वाचन क्षेत्रमा परिचालन गर्ने
  • १५“७२ वर्ष भए पनि राजनीति छाड्दिनँ, अझै केही वर्ष भिड्छु”: प्रचण्ड

NitcoNepal

Tags

उज्यालो नेपाल पार्टी नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा युवराज सफल रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  अन्तरवार्ता

कोरोना प्रभावः गाउँ फर्किएका युवा कृषिमा रमाउँदै


उज्यालो समाचार April 26, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

गलेश्वर । विश्वमा महामारीका रुपमा फैलिएको कोभिड– १९ को सङ्क्रमण नेपालमा पनि देखिन थालेपछि यसको रोकथामका लागि नेपाल सरकारले बन्दाबन्दी (लकडाउन) नीतिको घोषणा ग¥यो । यसबाट जोगिन शहरमा रहेका नेपाली युवा गाउँ फर्केका छन् । कतिपय विदेशबाट पनि यहाँ आइपुगेका छन् । यसरी लामो समयपछि गाउँ फर्केका यी युवा यतिखेर भने आफ्ना खेताबारीमा रमाउँदै छन् ।
अध्ययन, रोजगारी, व्यवसाय वा अन्य अवसरको खोजीमा गाउँ छोडेर शहर वा परदेश पुगेका उनीहरु अहिले गाउँ पुगेर आफ्ना बाँझिएका जमिन र खोरियाखर्कमा परिश्रम गरिरहेका भेटिन्छन् । उनीहरुले अहिले मौलिक कृषि प्रणालीबाटै खेती शुरु गरिरहेका छन् ।
म्याग्दीको बेनी नगरपालिका, मालिका, मङ्गला, धौलागिरि, अन्नपूर्ण र रघुगङ्गा गाउँपालिकाका खोरिया र बाँझो रहेका जमिनमा अहिले शहर तथा विदेशबाट गाउँ आएका युवाले धमाधम केरा, फलफूल र तरकारी लगाएका छन् । कतिपय ठाउँमा वर्षौंदेखि बाँझिएर रहेका खोतीयोग्य जमिनमा अहिले मकैका बिरुवा हरिया भएका छन् ।
काठमाडौँको बागबजारस्थित एक पुस्तक पसलमा काम गर्ने म्याग्दीको कुइनेका शुक्रराज रसाइली लकडाउनका कारण गाउँ फर्किएका थिए । केही दिनको घर बसाइपछि अहिले उनी वर्षैंदेखि बाँझिएको आफ्नो बारी खनजोत गर्न व्यस्त रहेका छन् ।
काठमाडौंका गोंगबुमा होटल व्यवसाय गर्ने बेनी नगरपालिका– २ का गणेश थापा गाउँमा फर्किएको एक महिनाभन्दा बढी भयो । यो एक महिनाको अवधिमा उनले १४ रोपनी पाखो बारीमा २०० भन्दा बढी केराका बिरुवा लगाइसकेका छन् ।
त्यसैगरी सानालेखको दुर्गा आधारभूत विद्यालयका प्रधानाध्यापक खिमबहादुर कार्की विद्यालय बन्द भएको अवसरलाई सदुपयोग गरी २० रोपनी क्षेत्रफलको खोरिया फाँडेर ५०० भन्दा बढी केराका बिरुवा लगाएका छन् । रसाइली, थापा र कार्कीजस्तै म्याग्दीका धेरै युवा अहिले कृषि कर्ममा खटिएर लागेका छन् ।
कृषि कर्ममा लागेका अधिकांश युवाले मौलिक कृषि प्रणालीलाई अवलम्बन गरेका छन् । मिनिटेलरलगायतका आधुनिक कृषि उपकरणको पहुँच भएका ठाउँहरुमा पनि गोरु नारेर हलो जोत्ने गरेको देखिन्छ । बेनी नगरपालिका– ४ सिङ्गाको फाँटमा गोरुले खेत जोतिरहेका नारायण पौडेलले मौलिक विधिबाट खनजोत गर्न आनन्द आउनुका साथै माटो पनि धुलौटो (मसिनो) हुने हुँदा हलोले जोतेको बताए ।
म्याग्दीका अधिकांश ठाउँमा पौडेलले जस्तै रैथाने सीप र प्रविधिको प्रयोग गरी कृषिकार्यमा मानिस लागेको देखिन्छ । यसरी कृषि कर्ममा लागेका युवाले अवसरलाई चिन्नसकेमा अहिले भइरहेको हाम्रो खाद्यान्नको परनिर्भरतालाई न्यूनीकरण गर्न सकिने बताउँछन् ।
‘हिजो हाम्रा पुर्खाको माटो सुहाउँदो कृषि प्रणाली र अन्न तथा तरकारीबालीका बीउबिजन सञ्चितीकरण गर्ने ज्ञान र प्रविधिलाई निरन्तरता दिन आवश्यक छ’, म्याग्दीको बिमस्थित कृषि प्राविधिक शिक्षालयमा आइएससी (एजी) तेस्रो सेमिष्टरमा अध्ययनरत बिनिता शर्माले भने । हाम्रो परम्परागत एवं रैथाने ज्ञान र प्रविधिमा आधारित हाम्रो आफ्नै पर्यावरणीय विविधतालाई संरक्षण र पालनपोषण गर्ने किसिमको अग्र्यानिक वा प्राङ्गारिक कृषि प्रणालीलाई पुनःप्रयोगमा ल्याउनुपर्ने उनको भनाइ छ ।
नेपाल कृषि अनुसन्धान परिषद्का कृषि वैज्ञानिक टीकाबहादुर कार्की भन्छन्, ‘बढ्दो जनसङ्ख्या र कोरोनाको महामारीपछिको खाद्य एवं पोषण सुरक्षालाई मध्यनजर गर्दा व्यक्ति, घरधुरी र समाज आत्मनिर्भर हुनुपर्ने देखिन्छ । तर उपलब्ध जमिन, जनशक्ति र पूँजीका आधारमा भने मुलुकभरका सबै घरधुरी आवश्यक वस्तु उत्पादन र उपभोगमा आत्मनिर्भर बन्न मौलिक कृषि प्रणाली अपनाउन आवश्यक छ ।’
कृषि विज्ञ कार्कीकाअनुसार हाम्रो प्रतिएकाइ जमिन, श्रम र लगानीको उत्पादकत्व त्यसै पनि अन्य मुलुककोभन्दा न्यून छ । यसो हुनुमा नवीनतम् प्रविधिको प्रयोग कम हुनुलाई पनि मान्न सकिन्छ । तर स्थान विशेषमा मौलिक कृषिप्रणाली अर्थात् परम्परागत ज्ञानमा आधारित र प्राङ्गारिक कृषिको सम्भावना उच्च रहेको छ ।
नेपाल सरकारको तथ्याङ्कले चालू आर्थिक वर्षको आठ महिनामै २० अर्ब भन्दामाथिको खाद्यान्न आयात गरेको देखाउँछ । गत १० वर्षको तथ्याङ्कलाई हेर्दा यो पाँचगुणाले बढेको छ । हरेक वर्ष खाद्यवस्तुको आयात बढ्दो छ । आयातलाई कम गर्न र कृषिमा आत्मनिर्भर बन्न लाखौँको सङ्ख्यामा विदेशिएको युवा जनशक्तिलाई कृषिमा लगाउन आवश्यक भएको कृषि विज्ञको भनाइ छ ।
मुस्ताङ मनाङ, जुम्ला, हुम्ला, डोल्पा, मुगुमा लेकाली (शितोष्ण) फलफूल, मध्य पहाडमा सुन्तला जातका फलफूल, पूर्वी पहाडी जिल्ला इलाम, पाँचथरमा चिया, अलैँची, अदुवा, गुल्मी र अर्घाखाँचीमा कफी, तराईमा बासमती धान उत्पादन वृद्धिका लागि मौलिक कृषि प्रणाली उपयुक्त हुने कृषिविज्ञ कार्कीले बताए ।
डा.कार्की गण्डकी, कर्णाली र सुदूरपश्चिम क्षेत्रमा जडीबुटी र बाख्रापालनको तथा उच्च पहाडमा चौरी, भेडा, च्याङ्ग्राको पनि उत्तिकै सम्भावना रहेको बताउँछन् । अर्का कृषि विज्ञ डा.जीवनमणि पौडेल परम्परागत एवम् रैथाने ज्ञान र प्रविधिमा आधारित हाम्रो आफ्नै पर्यावरणीय विविधतालाई संरक्षण र पालनपोषण गर्ने किसिमको अग्र्यानिक वा प्राङ्गारिक कृषि प्रणालीलाई पुनः शुरु गर्नु आवश्यक रहेको बताउँछन् ।
डा.पौडेल भन्छन्, ‘हाम्रा कृषि अनुसन्धान केन्द्र, विश्वविद्यालय र स्थानीय ज्ञान र प्रविधिबीच कार्यगत एकता हुनु आवश्यक छ ।’ डा.पौडेलका अनुसार सरकारले खेतीयोग्य जमीनलाई बस्ती बिस्तारका लागि खण्डीकरणमा रोक लगाउनुपर्छ र कोभिड–१९ का कारण विदेश जान नपाएका युवालाई प्रधानमन्त्री रोजगार कार्यक्रममा संलग्न गराउनेभन्दा कृषिसँग जोड्न आवश्यक छ ।
किसानलाई आफू किसान भएकामा गर्व गर्नसक्ने सामाजिक वातावरण सरकारले बनाउन सक्नुपर्ने र यसो गर्नसके विश्व महामारीका रुपमा रहेको कोभिड–१९ का कारण खाद्य आपूर्तिमा आउनसक्ने सङ्कट देशका लागि नयाँ अवसर हुन सक्ने पनि उनी बताउँछन् ।
कृषिविज्ञ डा.पौडेलका अनुसार विगतमा स्थानीय रैथाने जातका अन्न र तरकारी बालीका बीउबिजनलाई स्वतन्त्र व्यापारका नाममा विस्थापितमात्र गरिएन यसले माटोको प्राकृतिक उर्वरा शक्ति पनि नष्ट गरिदियो । अहिले विश्वका केही सीमित देश अमेरिका, स्वीट्जरल्याण्ड, फान्स, जर्मनी, जापान, डेनमार्क आदिले विश्वको बीउबिजनमा आफ्नो एकाधिकार कायम गरेका छन् ।
यी देशले बीउ उत्पादनमा मात्र होइन ७० प्रतिशत किटनाशक औषधि पनि आफैं उत्पादन तथा बिक्री गर्दछन् । तर कोभिड–१९ ले गर्दा यी देश अहिले आफैँ जनस्वास्थ्यको समस्यामा छन् । यसकारण यो विषम परिस्थितिमा बीउबिजन र किटानाशक औषधि निर्यात गर्ने अनुकूल स्थितिमा छैनन् । बीउबिजन र खाद्यान्न आयात हुन नसक्ने अवस्था रहेकाले पनि नेपालमा मौलिक कृषि प्रणाली ब्यूँताउनुपर्ने कृषि विज्ञको भनाइ रहेको छ ।
कृषि वैज्ञानिक डा.कार्कीका अनुसार नेपालमा कूल जनसङ्ख्याको ४१ प्रतिशत युवा ९१६ देखि ४० वर्ष उमेर० छन् । तीमध्ये करिब ८० प्रतिशत युवा अनौपचारिक क्षेत्रमा कार्यरत छन् । कूल घरधुरीमध्ये ५५ प्रतिशत घरधुरीका कम्तीमा पनि एक जना वैदेशिक रोजगारीमा छन् ।
यिनीहरुमध्ये एक प्रतिशत मात्र युवा तालिमप्राप्त वा सीपमूलक काममा रहेका छन् भने २४ प्रतिशत अर्धसीपमूलक र ७५ प्रतिशत सीपविनाको काममा छन् । विनासीप विदेशमा काममा रहेकाको कमाइ पनि त्यति राम्रो छैन । त्यसैले यतिखेर घरैमा आएका र अब आउने सम्भावनासमेत रहेका युवालाई लक्षित गरेर सरकारले कृषि उद्यमशीलताको विकासका कार्यक्रम ल्याउनु उचित हुनेछ ।

सम्बन्धित पोस्ट
  • काठमाडौंबाट उडेको ४ मिनेटमै इञ्जिन समस्या आएपछी जहाज कोलकातामा सुरक्षित अवतरण
  • “राष्ट्रभन्दा माथि पार्टीको स्वार्थ राख्दैन बदलिएको कांग्रेस”:सभापति गगन थापा
  • डस्टबिनबाट सुन निकाल्दै गरेका त्रिभुवन विमानस्थलका कर्मचारी पक्राउ
  • तालिम सकेर घर फर्कँदै गरेका निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्यु
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    काठमाडौंबाट उडेको ४ मिनेटमै इञ्जिन समस्या आएपछी जहाज कोलकातामा सुरक्षित अवतरण

    “राष्ट्रभन्दा माथि पार्टीको स्वार्थ राख्दैन बदलिएको कांग्रेस”:सभापति गगन थापा

    डस्टबिनबाट सुन निकाल्दै गरेका त्रिभुवन विमानस्थलका कर्मचारी पक्राउ

    तालिम सकेर घर फर्कँदै गरेका निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्यु

    आजदेखि निर्वाचन सुरक्षाका लागि नेपाली सेना परिचालन

    काठमाडौंको  नयाँबस्तीमा आगलागी, २४ परिवार विस्थापित

    सामाजिक सञ्जाल नियमन विधेयक फिर्ता लिने सरकारको निर्णय

    क्रान्तिको घण्टी बजिसक्यो, अन्तिम पर्दा उठ्न बाँकी छ”: रवि लामिछाने

    काठमाडौंबाट उडेको ४ मिनेटमै इञ्जिन समस्या आएपछी जहाज कोलकातामा सुरक्षित अवतरण

    “राष्ट्रभन्दा माथि पार्टीको स्वार्थ राख्दैन बदलिएको कांग्रेस”:सभापति गगन थापा

    डस्टबिनबाट सुन निकाल्दै गरेका त्रिभुवन विमानस्थलका कर्मचारी पक्राउ

    तालिम सकेर घर फर्कँदै गरेका निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्यु

    आजदेखि निर्वाचन सुरक्षाका लागि नेपाली सेना परिचालन

    उज्यालो समाचार

    काठमाडौंबाट उडेको ४ मिनेटमै इञ्जिन समस्या आएपछी जहाज कोलकातामा सुरक्षित अवतरण

    “राष्ट्रभन्दा माथि पार्टीको स्वार्थ राख्दैन बदलिएको कांग्रेस”:सभापति गगन थापा

    डस्टबिनबाट सुन निकाल्दै गरेका त्रिभुवन विमानस्थलका कर्मचारी पक्राउ

    तालिम सकेर घर फर्कँदै गरेका निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्यु

    आजदेखि निर्वाचन सुरक्षाका लागि नेपाली सेना परिचालन

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑