स्थानीय तह निर्वाचनमा मतदान गर्न दुई दिनमा करिब १ लाख ५० हजार मानिसले काठमाडौं उपत्यका छोडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार मंगलबार बिहानदेखि आज (बुधबार) बिहानसम्म १ लाख ४१ हजार जनाले काठमाडौं छोडेका छन् । महाशाखाको तथ्यांक अनुसार अरु दिनमा सरदर ५९ हजार जना उपत्यका आवतजावत गर्थे । अहिले उपत्यकाबाट बाहिरिनेको संख्या ह्वात्तै बढ्दा भित्रिनेको संख्या घटेको छ । मंगलबार बिहान ६ बजेदेखि आज बिहान ६ बजेसम्म ९ हजार ९५६ सवारी साधन बाहिरिएका छन् । सोही समयावधिमा मंगलबार ५९ हजार ८१ र बुधबार बिहान ६ बजेसम्म ८२ हजार जनाले उपत्यका छोडेका छन् ।आज र भोलि गाउँ जानेको संख्या बढ्ने महाशाखाको अनुमान छ ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-9851124751
ईमेल: [email protected]
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com