भक्तपुर । भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा आफ्नै ज्वाइँलाई पराजित गरी जेठान मेयरमा निर्वाचित भएका छन् । गठबन्धनबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका सुरेन्द्र श्रेष्ठले बहिनी ज्वाइँ नेकपा एमालेका मदनसुन्दर श्रेष्ठलाई पराजित गरी मेयर बनेका हुन् ।
अन्तिम मत परिणामअनुसार मेयरमा निर्वाचित सुरेन्द्रले १५ हजार ९८ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी एवं निवर्तमान नगर प्रमुख एमालेका मदनसुन्दर (जगूलु) श्रेष्ठले ११ हजार ३५ मत पाएका छन् । त्यस्तै उपप्रमुखमा गठबन्धनकै नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठले १२ हजार १०२ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी एमालेकी उत्तरा नेपालले ८ हजार ९६३ मत ल्याइन् ।
२०७४ सालको स्थानीय निर्वाचनमा उपप्रमुख, छ वटा वडाध्यक्षसहित दुई तिहाइ सिट जितेपनि काँग्रेसका उम्मेदवार अष्ट कुमार कवे प्रमुख पदमा पराजित भएका थिए । यस पटक पनि ९ वटा वडामध्य काँग्रेसले वडा नम्बर १, २, ३, ५, ६ र ९ गरि छ वटा वडामा विजयी हात पारेको छ ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-9851124751
ईमेल: [email protected]
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com