भक्तपुर/ एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बास्कोटाको गृहनगर काभ्रेको मण्डनदेउपुरमा गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन्। मण्डनदेउपुर नगरपालिकाको प्रमुखमा नेकपा एकीकृत समाजवादीका टोकबहादुर वाइबा विजयी हुनुभएको छ।
नगर प्रमुखमा एकीकृत समाजवादीका वाइबाले ९ हजार ४०६ मत प्राप्त गर्नुभएको छ। उहाँका प्रतिस्पर्धी एमालेका विदुर सापकोटाले भने ८ हजार ३५१ मत ल्याउनुभएको छ।
यस्तै, उपप्रमुखमा नेपाली कांग्रेसका विष्णुमणि नेपाल विजयी हुनुभएको छ। उपप्रमुखमा नेपाली कांग्रेसका नेपालले ११ हजार ३०५ मत ल्याउदा उहाँका निकटम प्रतिस्पर्धी एमालेका सरिता ढकालले ६ हजार ९२४ मत प्राप्त गर्नुभयो।
मण्डनदेउपुर नगरपालिकाको वडा नम्बर १,४,५ र ७ मा एमाले विजयी भएको छ। यस्तै २,३, ६,९, १०, ११ र १२ मा नेपाली कांग्रेसले जित हात पारेको छ। यस्तै ८ नम्बरमा भने माओवादी केन्द्रले जितेको छ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-9851124751
ईमेल: [email protected]
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com