राप्रपाले पेट्रोलियम पदार्थ लगायतमा सरकारले गरेको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ। आज अध्यक्ष राजेन्द्र लिङ्देनले विज्ञप्ति निकालेर पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा भएको मूल्यवृद्धि अव्यवहारिक तथा आपत्तिजनक भएको उल्लेख गरेका छन्। उनले मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेका छन्। पेट्रोलियम पदार्थमा राज्यले भन्सार र विभिन्न शीर्षकमा लिइरहेको करसमेत पुनर्विचार गर्दै मूल्यवृद्धि नियन्त्रण गर्न पनि उनले माग गरेका छन्।वैकल्पिक ऊर्जाको आवश्यक कार्ययोजना ल्याउन पनि राप्रपाले माग गरेको छ। सरकारले आइतबार पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको थियो। खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर दुई सय रूपैयाँले बढेको छ भने पेट्रोल, डिजेल र मट्टितेलको प्रतिलिटर १० रूपैयाँ मूल्यवृद्धि भएको थियो।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-9851124751
ईमेल: [email protected]
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com