भक्तपुर/ नेकपा (माओवादी केन्द्र)ले भर्खरै सम्पन्न स्थानीय तह निर्वाचको समीक्षा गरेको छ । उसले उक्त समीक्षामा २०७४ सालमा जितेका जनप्रतिनिधि होहोर्याउँदा ५० प्रतिशत गुमाउनु परेको निष्कर्ष निकालेको छ ।
आज (बुधबार) पूर्वस्थायी कमिटी बैठकले यस पटकको चुनावमा ५० प्रतिशत गुमाउनुमा २०७४ को स्थानीय तह निर्वाचनमा जितेकालाई पुनः दोहोर्याएर चुनावी मैदानमा पठाउनु रहेको निष्कर्ष छ ।
‘हामीले २०७४ सालमा निर्वाचित प्रमुख वा उपप्रमुखलाई दोर्होयाएर चुनाव लड्न दिँदा जितिन्छ कि भन्ने भयो । उल्टै हारियो । बरु हामीले यसअघि नजितेका स्थानीय तह जित्यौँ,’ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाई उदृत गर्दै नेता शक्तिबहादुर बस्नेतले भने, ‘यसअघि निर्वाचित जनप्रतिनिधि उठाउँदा ५० प्रतिशत स्थानीय तह हारेका छौँ । त्यसैले जितेका स्थानीय तहका प्रमुख र उपप्रमुखलाई बोलाएर प्रशिक्षण दिन लागेका छौँ ।’
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-9851124751
ईमेल: [email protected]
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com