भक्तपुर/सर्वोच्च अदालतमा प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्ध परेको मुद्दाको अर्को पेशी जेठ ३० गतेलाई तोकिएको छ । न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार चुडालको संयुक्त इजलासमा मंगलबार सुनुवाइ हुन नसकेपछि इजलासले यही जेठ ३० गतेको लागि अर्को पेशी तोकेको हो ।
अवकास भइसकेका ३ जना डीआइजी ईश्वरबाबु कार्की, धनश्याम अर्याल र प्रकाशजंग कार्कीको रिट पनि सँगै राखेर हेर्ने भन्दै इजलासले ७ दिनभित्र म्याद तामेल गरि थाम्ने थमाउने म्याद नपाउने गरि ३ दिनभित्र लिखित जवाफ पेश गर्न विपक्षीका नाममा आदेश गरेको छ ।
यसअघि नै सर्वोच्चले एआईजी विश्वराज पोखरेलले दायर गरेको रिटमाथि मंगलबारदेखि अन्तिम सुनुवाइ हुने आदेश गरेको थियो । तर, मंगलबार अवकाशप्राप्त डीआईजीहरूको रिट पनि एकसाथ सुनुवाई गर्नेगरि पेशी तोकिएको हो ।
तर अवकाशप्राप्त डीआईजीको मुद्दामा म्याद तामेली गर्न बाँकी रहेकोले सुनुवाइ हुन नसकेको हो । गत बैशाख २२ गते न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले कारण देखाऊ आदेश जारी गर्दै पूर्ण सुनुवाई गर्ने आदेश गरेको थियो ।
इजलासले अन्तिम सुनुवाइका लागि विपक्षी अर्थात सरकारसँग लिखित जवाफ माग गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । एआईजी विश्वराज पोखरेलले सरकारले वरीयता मिचेर आफूभन्दा जुनियर धिरजप्रताप सिंहलाई आइजीपी नियुक्ति गरेको भन्दै त्यसविरुद्ध मुद्दा दायर गर्नुभएको थियो ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-9851124751
ईमेल: [email protected]
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com