• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ माघ १८, आईतबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १बालेन शाहसँगै सुदूरपश्चिम पुगेका पत्रकार दिनेश सिटौला रहेनन्
  • २कुहिरोले तराईको जनजीवन प्रभावित , हिमाली भागमा हिमपात र वर्षाको सम्भावना
  • ३राष्ट्रपति पौडेल आज जापानको औपचारिक भ्रमणमा जाँदै
  • ४डिजेल र मट्टितेलको मूल्य बढ्यो, पेट्रोल र ग्यास यथावत्
  • ५अचानक बिरामी परेका पत्रकार सिटौलाको स्वास्थ्य अवस्था बुझ्न बालेन शाह पुगे अस्पताल
  • ६कांग्रेसले केन्द्रीय पदाधिकारी–सदस्यलाई जिल्ला र निर्वाचन क्षेत्रमा परिचालन गर्ने
  • ७“७२ वर्ष भए पनि राजनीति छाड्दिनँ, अझै केही वर्ष भिड्छु”: प्रचण्ड
  • ८बालेन शाहको घरमा चोरी, सिसीटिभी नै गायब प्रहरीद्वारा अनुसन्धान सुरु
  • ९कस्तो रहनेछ, आजको मौसमा ?
  • १०आचारसंहिता उल्लंघनमाथि निगरानी तीव्र, ३०२ हानिकारक सूचना कारबाहीको दायरामा
  • ११अछाममा रास्वपाको चुनावी कार्यक्रममा सिक्री चोर्ने युवक पक्राउ
  • १२खगेन्द्र सुनारको विवादित अभिव्यक्तिपछि रास्वपाको गम्भीर ध्यानाकर्षण [विज्ञप्तिसहित]
  • १३एमाले निकट युवा संघ अध्यक्षमा महाराज गुरूङ चयन
  • १४कर्णालीबाट,नेता बालेन भने “कर्नालीका सुइना, अब हाम्मा सुइना”
  • १५अज्ञात व्यक्तिद्धारा खेतमा काम गरिहेका व्यक्तिमाथि गोली हानी हत्या

NitcoNepal

Tags

उज्यालो नेपाल पार्टी नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा युवराज सफल रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  मुख्य समाचार

सूर्यविनायक नगरपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित


उज्यालो समाचार June 23, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

भक्तपुर/ भक्तपुरको सुर्यविनायक नगरपालिकाको ११औँ नगर सभाबाट नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएको छ । नगर प्रमुख बासुदेव थापाले नीति तथा कार्यक्रममा १२४ वटा बुँदा पढेर प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत नीतमा पर्यटन व्यावसाय गर्ने नगरबासीलाई विशेष छुटमा ऋण प्रदान गर्ने, नगरपालिका रसहकारी संस्थाबीचको सहकार्यमा स्थानीय उत्पादनको प्रवर्द्धन गरि रोजगारी र आय आर्जनमा जोड्ने रणनीति अबलम्वन गरिने, सडक मानवमुक्त बनाउने, जेष्ठ नमगरिकमा भएका ज्ञान र शिपलाई पुस्तान्त्रण गरिनेलगायतका नगर बिकासका लागि विभिन्न नीतिहरू प्रस्तुत गरिएको थियो । १२४ वटा बुँदा समेटिएको नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएको छ । कृषि, शिक्षा, पर्यटन र पूर्वाधार सूर्यविनायक समृद्धिको मूल आधार भन्ने मूल मर्मलाई आत्मसाथ गरि कृषि, उद्योग, पर्यटन, संस्कृति, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासको माध्यमबाट नगरपालिकालाई नेपालकै उत्कृष्ठ, ब्यवस्थित र सुन्दर नगर बनाई हाम्रो रहर, समृद्ध नगरको सपनालाई साकार पार्ने रणनीतिक आधार र पक्षलाई ध्यानमा राखी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तर्जुमा गरिएको मेयर मेयर थापाले बताउनुभयो ।

नीति तथा कार्यक्रममा कृषि उद्यमशीलता विकास, पर्यटन प्रबद्र्धन, स्थानीयस्तरमा रोजगारी सिर्जना, विकास निर्माण र सामाजिक उत्थानका कार्यक्रमलाई प्राथमिकता दिने, स्वास्थ्य, शिक्षा तथा अन्य सामाजीक क्षेत्रमा कार्यक्रम सञ्चालन र गुणस्तरीय सेवा प्रवाह गरी स्वास्थ्य, शिक्षीत, न्यायपूर्ण र गतिशिल समाज निर्माण गर्ने, सूर्यविनायक नगरपालिकालाई शैक्षिक हवको रुपमा विकास गर्न नगरक्षेत्रभित्र योजनाबद्ध ढंगबाट शैक्षिक क्रियाकलप अगाडि बढाउनको लागि नगर शिक्षा योजना लागू गर्ने घोषणा गरिएको छ ।

त्यस्तै, एक वडा एक खेलमैदान, एक टोल एक ब्यायमशाला तथा योग साधना केन्द्र निर्माणको थालनी गर्ने घोषणा पनि मेयर थापाले गर्नु भएको छ । युवाहरुलाई विभिन्न खेलकुदमा आर्कषण गर्न नगरक्षेत्रभित्र बसोबास गर्ने राष्टिय तथा अन्तराष्टियस्तरका विशेष योगदान पुर्याउने खेलाडी तथा खेलकुदमा आर्कषण गर्न खेल क्षेत्रका ब्यक्तिलाई सम्मान र पुरस्कृत गर्ने संस्कृतिलाई निरन्तरता दिने मेयर थापाले बताउनु भयो ।

नगर क्षेत्रभित्र सञ्चालनमा रहेको यातायात सेवालाई ब्यवस्थित र नियमित गराई प्रत्येक वडामा सार्वजनीक यातायातको पहुँच सुनीश्चित गर्न निजी तथा सहकारी क्षेत्रसंग सहकार्य गरिने मेयर थापाले नीति तथा कार्यक्रममा उल्लेख गर्नु भएको छ ।

यसै बीच नीति तथा कार्यक्रममा संघीय सांसद  महेश बस्नेतले सुर्यविनायक नगरपालिकालाई बिकास गर्न पर्यटकीय क्षेत्रलाई अधिकतम प्रयोग गरी आम्दानी बढाउनु पर्ने बताउनुभयो । जगातीस्थित एक होटलमा सुर्यविनायक नगरपालिकाको एघारौ अधिवेशनलाई सम्बोधन गर्दै बस्नेतले यस्तो बताउनुभएको हो ।
यस्तै सुर्यविनायक नगरपालिकालाई उपमहानगरपालिका र महानगरपालिका बनाउन आवश्यक पुर्वाधारको विकासमा जोड दिनुपर्ने सांसद बस्नेतको भनाइ छ । शिक्षा र स्वास्थ्यलाई प्रवद्धन गर्नमा पनि सुर्यविनायक नगरपालिका अघि बढ्नुपर्ने उनले बताए । सामुदायिक विघालयलाई व्यवस्थित बनाइ सामुदायिक कलेज स्थापना गर्नुमा पनि नगरपालिकाले कदम चाल्नुपर्ने बस्नेतको भनाइ छ ।

कृषि क्षेत्रलाई  थप व्यवस्थित र आधुनिक बनाइ गाउँघरमै रोजगारको सिर्जना गरेर सुर्यविनायक नगरपालिकालाई नमुना नगरपालिका बनाउन सबै जनप्रतिनिधिलाई उनले आग्रह समेत गरेका छन् । साथै खेलमैदान निर्माण जस्ता भौतिक पुर्वाधार विकासमा पनि जोड दिनुपर्ने सासंद बस्नेतको भनाइ छ । कार्यक्रमामा बागमती प्रदेशकी राज्य मन्त्री रजनी जोन्छे, प्रदेश सांसद सशीजंग थापा, जिल्ला समन्वय समिति भक्तपुरका अध्यक्ष ईश्वर थापाले नगर परिषद् सफलताको शुभकामना दिनु भएको थियो । कार्यक्रमामा नगरपालिकाका उपप्रमुख सरिता भट्टराई तिमिल्सिना र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र प्रसाद कँडेल,वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु र संचारकर्मीहरुको सहभागिता थियो ।

सम्बन्धित पोस्ट
  • बालेन शाहसँगै सुदूरपश्चिम पुगेका पत्रकार दिनेश सिटौला रहेनन्
  • कुहिरोले तराईको जनजीवन प्रभावित , हिमाली भागमा हिमपात र वर्षाको सम्भावना
  • राष्ट्रपति पौडेल आज जापानको औपचारिक भ्रमणमा जाँदै
  • डिजेल र मट्टितेलको मूल्य बढ्यो, पेट्रोल र ग्यास यथावत्
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    बालेन शाहसँगै सुदूरपश्चिम पुगेका पत्रकार दिनेश सिटौला रहेनन्

    कुहिरोले तराईको जनजीवन प्रभावित , हिमाली भागमा हिमपात र वर्षाको सम्भावना

    राष्ट्रपति पौडेल आज जापानको औपचारिक भ्रमणमा जाँदै

    डिजेल र मट्टितेलको मूल्य बढ्यो, पेट्रोल र ग्यास यथावत्

    अचानक बिरामी परेका पत्रकार सिटौलाको स्वास्थ्य अवस्था बुझ्न बालेन शाह पुगे अस्पताल

    कांग्रेसले केन्द्रीय पदाधिकारी–सदस्यलाई जिल्ला र निर्वाचन क्षेत्रमा परिचालन गर्ने

    “७२ वर्ष भए पनि राजनीति छाड्दिनँ, अझै केही वर्ष भिड्छु”: प्रचण्ड

    बालेन शाहको घरमा चोरी, सिसीटिभी नै गायब प्रहरीद्वारा अनुसन्धान सुरु

    राष्ट्रपति पौडेल आज जापानको औपचारिक भ्रमणमा जाँदै

    अचानक बिरामी परेका पत्रकार सिटौलाको स्वास्थ्य अवस्था बुझ्न बालेन शाह पुगे अस्पताल

    कांग्रेसले केन्द्रीय पदाधिकारी–सदस्यलाई जिल्ला र निर्वाचन क्षेत्रमा परिचालन गर्ने

    “७२ वर्ष भए पनि राजनीति छाड्दिनँ, अझै केही वर्ष भिड्छु”: प्रचण्ड

    कस्तो रहनेछ, आजको मौसमा ?

    उज्यालो समाचार

    बालेन शाहसँगै सुदूरपश्चिम पुगेका पत्रकार दिनेश सिटौला रहेनन्

    कुहिरोले तराईको जनजीवन प्रभावित , हिमाली भागमा हिमपात र वर्षाको सम्भावना

    राष्ट्रपति पौडेल आज जापानको औपचारिक भ्रमणमा जाँदै

    डिजेल र मट्टितेलको मूल्य बढ्यो, पेट्रोल र ग्यास यथावत्

    अचानक बिरामी परेका पत्रकार सिटौलाको स्वास्थ्य अवस्था बुझ्न बालेन शाह पुगे अस्पताल

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑