भक्तपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९–०८० का लागि दुई अर्ब १८ करोड रुपैयाँको बजेट ल्याएको छ। शुक्रबार नगरसभामा नगर प्रमुख सुनिल प्रजापतिले बजेट पेश गरेका हुन्। नगरपालिकाले शिक्षा र संस्कृतिलाई प्राथमिकता दिँदै ती क्षेत्रका लागि ४२ करोड ४४ लाख ८ हजार रुपैयाँ (१९.४३) प्रतिशत बजेट विनियोजन गरेको छ। नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालका लागि अनुदानबापत ८ करोड, वडा–वडामा प्राथमिक स्वास्थ्य उपचार केन्द्र निर्माणका लागि २ करोड ८३ लाख २० हजार विनियोजन गरिएको छ। नगरपालिकाभित्रका सम्पदा संरक्षणमा ९ करोड विनियोजन गरिएको छ। भौतिक पूवार्धार निर्माणका लागि ३९ करोड ४८ लाख विनियोजन गरिएको छ। फोहरमैला व्यवस्थापन तथा वातावरण सुधार क्षेत्रमा १३ करोड ५० लाख विनियोजन गरिएको छ। महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण क्षेत्रमा ५१ करोड ६८ लाख रुपैयाँ विनियोजन गरिएको छ। युवा तथा खेलकुद क्षेत्रमा ६ करोड १ लाख ९९ हजार विनियोजन गरिएको छ भने कृषि एवम् बीउबिजनका लागि २ करोड ७ लाख छुट्याइएको छ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-9851124751
ईमेल: [email protected]
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com