• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ माघ २६, सोमबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १“धेरै बोल्ने र नबोल्ने दुवैबाट देश चल्दैन : कांग्रेस उपसभापति शर्मा”
  • २धादिङमा बस दुर्घटना, चिया पिइरहेका स्थानीयको मृत्यु
  • ३आजदेखि देशैभरी एचपीभी खोप अभियान सुरु, फागुन २७ सम्म सञ्चालन हुने ।
  • ४बैतडीमा विद्युतीय हाइस दुर्घटना हुँदा, २५ बर्षीय चालकको मृत्यु
  • ५इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो
  • ६सप्तरीमा शंकास्पद ‘खेलौना’ विस्फोट, वनभोज गएका चार बालक घाइते
  • ७फेरि गोली चल्दैन, सिंहदरबार जल्दैन“देश सम्हाल्ने जिम्मा काँग्रेसले लिन्छ : गगन थापा”
  • ८प्रधानमन्त्री कार्कीद्धारा लोकप्रिय अभिनेता सुनिल थापाको निधनप्रति शोक व्यक्त
  • ९‘जिरोबाट फेरि उठ्यो’ कोटेश्वर भाटभटेनी ,अन्य शाखा पनि छिट्टै खुल्ने
  • १०काठमाडौँमा चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण फैलाउने ८ वटा मोटरसाइकल नियन्त्रणमा
  • ११अण्डा अड्किएर एक जनाको मृत्यु
  • १२वरिष्ठ कलाकार सुनिल थापाको निधन
  • १३केन्द्रीय सुरक्षा समितिद्वारा निर्वाचनमा ड्रोन प्रयोगमा प्रतिबन्ध अरु के के भए निर्णयहरु?
  • १४बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले १ लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • १५४ वर्षीया बालिकाको निधन प्रति रास्वपा स्तब्ध, पीडित परिवारलाई न्याय दिलाउने प्रतिबद्धता

NitcoNepal

Tags

उज्यालो नेपाल पार्टी नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा युवराज सफल रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  मुख्य समाचार

पार्टीको निर्णय कार्यान्वयन गर्न एकीकृत समाजवादी अध्यक्ष नेपालको मन्त्रीहरूलाई आग्रह


उज्यालो समाचार June 24, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीको निर्णय कार्यान्वयन गर्न मन्त्रीहरूलाई आग्रह गरेका छन्। शुक्रबार बसेको पार्टीको पोलिटब्युरो बैठकमा अध्यक्ष नेपालले बहालवाला मन्त्रीहरूलाई फिर्ता बोलाउन पार्टीले गरेको निर्णय कार्यान्वयन गर्न मन्त्रीहरूलाई आग्रह गरेका हुन्। उनले शनिवारसम्म मन्त्री हेरफेर भइसक्ने पनि बताए। बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले अध्यक्ष नेपालले पार्टीको निर्णय परिवर्तन नहुने बताएको जानकारी दिए।

उनले भने, ‘मन्त्रीहरूका सन्दर्भमा उठेका प्रश्नमा अध्यक्षले उत्तर दिँदै बैठकमा पार्टीको निर्णय कार्यान्वयन हुने। आज, भोलिभित्र कार्यान्वयन भइसक्नेजस्ता विषयमा उहाँले प्रकाश पार्नुभएको छ र यसको अन्तिम निर्णय भोलि केन्द्रीय कमिटीको बैठकले यसबारे त्यहाँ पनि उठेका प्रश्नको उत्तर दिँदा यसको ठोस कुरा म भोलि बताउनेछु भनेर अध्यक्षले भन्नुभएको छ। तर हाम्रो पूर्ववत् निर्णय, अडानलाई परिवर्तन गर्ने कुरा उहाँले भोलि बोल्ने होइन कि केन्द्रीय कमिटीको बैठक भोलि बसिरहेको अवस्थामा आजै मैले किन बोलिहालौँ भन्दै उहाँले हामीले गरेको निर्णय तपाईंहरू कार्यान्वयन गर्न आफैँ लाग्नुहोस् भनेर आज मन्त्रीहरूलाई सम्झाउनुभएको छ।’

अध्यक्ष नेपालले आगामी संघ र प्रदेशको निर्वाचनमा गठबन्धनलाई प्राथमिकता दिइने बताए। उनले गठबन्धनले आफूहरूलाई मुख्य एजेण्डा बनाएको नबनाएकोमा ध्यान दिने उल्लेख गर्दै देशका सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिनेगरी तयारी गर्न नेता, कार्यकर्तालाई निर्देशन दिए।

प्रवक्ता खतिवडाले भने, ‘बैठकमा आमनिर्वाचनको तयारीका लागि अध्यक्षले जोड गर्दै हाम्रो पार्टी गठबन्धनलाई प्राथमिकता पनि दिन्छ। तर, पहिलेजस्तो गठबन्धन मुख्य कुरा हो भन्दैन। गठबन्धनले हामीलाई मुख्य एजेण्डा बनाउँछ कि बनाउँदैन भन्ने कुरामा पनि उत्तिकै ध्यान दिन्छ। र, देशका सबै निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवारी उठाउनेगरी तयारी गरेर लाग्छ। लाग्नु पनि पर्छ। तपार्इं कार्यकर्ता लाग्नुस् भनेर पनि आह्वान गर्नुभएको छ।’

अध्यक्ष नेपालले विगतमा कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले गरेको व्यवहारलाई सुधार गर्न सके गठबन्धनले बढी जित हासिल गर्ने बताए। एकीकृत समाजवादीले कांग्रेस र माओवादी केन्द्रले विगतका गल्ती नदोहो¥याओस् भन्नेमा जोड दिएको अध्यक्ष नेपालको भनाइ थियो।

प्रवक्ता खतिवडाले भने, ‘नेकपा(माओवादी केन्द्र), नेपाली कांग्रेस आदिले गरेका विगतमा गरेका व्यवहारलाई करेक्सन गरेपछि मात्रै गठबन्धनले बढी सशक्तता प्राप्त गर्छ र गठबन्धनले बढी विजय हासिल गर्न सक्छ। उहाँहरूले आफूलाई करेक्सन गर्नुहोस्। विगतका गल्ती नदोहो¥याउनुहोस् भन्नेतर्फ हाम्रो पार्टीले सबभन्दा बढी फोकस गरेको छ।’ अध्यक्ष नेपालले देश अन्तर्राष्ट्रिय खेल मैदान बन्न लागिरहेको भन्दै देशभक्ति र स्वाभिमानका लागि प्रत्येक नेपालीले आवाज उठाउनुपर्ने धारणा व्यक्त गरेको एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

असंलग्न परराष्ट्र नीतिमाथि बाधा पुग्ने चिजबाट जोगाउनको निम्ति पार्टीलाई परिचालित गर्नुपर्ने अध्यक्ष नेपालको धारणा रहेको उनले बताए। नेकपा (एकीकृत समाजवादी) ले शनिबार बिहान ११ बजे केन्द्रीय कमिटीको बैठक बोलाएको छ।

सम्बन्धित पोस्ट
  • “धेरै बोल्ने र नबोल्ने दुवैबाट देश चल्दैन : कांग्रेस उपसभापति शर्मा”
  • धादिङमा बस दुर्घटना, चिया पिइरहेका स्थानीयको मृत्यु
  • आजदेखि देशैभरी एचपीभी खोप अभियान सुरु, फागुन २७ सम्म सञ्चालन हुने ।
  • बैतडीमा विद्युतीय हाइस दुर्घटना हुँदा, २५ बर्षीय चालकको मृत्यु
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    “धेरै बोल्ने र नबोल्ने दुवैबाट देश चल्दैन : कांग्रेस उपसभापति शर्मा”

    धादिङमा बस दुर्घटना, चिया पिइरहेका स्थानीयको मृत्यु

    आजदेखि देशैभरी एचपीभी खोप अभियान सुरु, फागुन २७ सम्म सञ्चालन हुने ।

    बैतडीमा विद्युतीय हाइस दुर्घटना हुँदा, २५ बर्षीय चालकको मृत्यु

    इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो

    सप्तरीमा शंकास्पद ‘खेलौना’ विस्फोट, वनभोज गएका चार बालक घाइते

    फेरि गोली चल्दैन, सिंहदरबार जल्दैन“देश सम्हाल्ने जिम्मा काँग्रेसले लिन्छ : गगन थापा”

    प्रधानमन्त्री कार्कीद्धारा लोकप्रिय अभिनेता सुनिल थापाको निधनप्रति शोक व्यक्त

    धादिङमा बस दुर्घटना, चिया पिइरहेका स्थानीयको मृत्यु

    आजदेखि देशैभरी एचपीभी खोप अभियान सुरु, फागुन २७ सम्म सञ्चालन हुने ।

    बैतडीमा विद्युतीय हाइस दुर्घटना हुँदा, २५ बर्षीय चालकको मृत्यु

    इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो

    सप्तरीमा शंकास्पद ‘खेलौना’ विस्फोट, वनभोज गएका चार बालक घाइते

    उज्यालो समाचार

    “धेरै बोल्ने र नबोल्ने दुवैबाट देश चल्दैन : कांग्रेस उपसभापति शर्मा”

    धादिङमा बस दुर्घटना, चिया पिइरहेका स्थानीयको मृत्यु

    आजदेखि देशैभरी एचपीभी खोप अभियान सुरु, फागुन २७ सम्म सञ्चालन हुने ।

    बैतडीमा विद्युतीय हाइस दुर्घटना हुँदा, २५ बर्षीय चालकको मृत्यु

    इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑