भक्तपुर/नेकपा एकीकृत समाजवादीको पहिलो केन्द्रीय परिषद बैठक आज सुरू हुने भएको छ। काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा परिषद बैठक बस्ने भएको हो। यो बैठकमा सांगठानिक गतिविधि, वैशाख ३० मा भएको स्थानीय तहको चुनावको समीक्षा, अब हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनाव लक्षित कार्यक्रम, हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत भएका केही प्रतिवेदनमा छलफल गरिने प्रचार विभाग उपप्रमुख शम्भु श्रेष्ठले बताए।
पार्टी महासचिव बेदुराम भुसालको राजनीतिक प्रतिवेदन परिषद बैठकमा पेश हुने र त्यसमाथि छलफल गर्ने तयारी छ। कम्युनिष्ट आन्दोलनमा देखा परेको विसर्जनवाद र अवसरवादका विरुद्ध जनतालाई एकताबद्ध गर्न पार्टीको औचित्य र आवश्यकता तथा आगामी कार्यदिशाबारे प्रतिवेदनमा उल्लेख रहेको बताइएको छ। परिषद बैठकका लागि करिब एक हजार पाँच सय जना सहभागी हुनेछन्। परिषद बैठकको अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्नेछन्। परिषद बैठक मंगलबारसम्म चल्नेछ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-9851124751
ईमेल: [email protected]
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com