नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। मंगलबार दिउँसो सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा अध्यक्ष प्रचण्ड र भट्टराईबीच करिब एक घन्टा लामो छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ। भेटवार्तामा प्रचण्डको भारत भ्रमण, समाजवादी केन्द्रको गठन, आगामी निर्वाचन र समसामयिक विषयमा छलफल भएको प्रचण्डको स्वकीय सचिव रमेश मल्लले जानकारी दिए। उनले भने,’ अध्यक्ष र बाबुराम भट्टराईबीच करिब १ घन्टा लामो छलफल भयो। छलफल सकारात्मक भएको छ।’ पार्टी फुटाउने प्रयास गरेको भन्दै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव समूहले डा.भट्टराईलाई कारबाही गरेको छ। हाल उनी पार्टी पुनर्गठनको तयारीमा जुटेका छन्।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-9851124751
ईमेल: [email protected]
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com