२०७९,श्रावण,९,सोमवार
काठमाडौं । सर्वाेच्च अदालतले राप्रपा नेपाललाई गाई चिन्ह नदिने निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न आदेश दिएको छ । सर्वाेच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार चुँडालको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।
अध्यक्ष गणेश थापाले गाई चुनाव चिन्ह चाहियो भनी निर्वाचन आयोगमा निवेदन दिएका थिए । गत असार २७ गते आयोगले गाई चिन्ह दिन नमिल्ने बताएको थियो । यद्यपि, आयोगले किन मिलेन भनी स्पष्ट भने पारेको थिएन ।आयोगका निर्णयविरुद्ध थापाले सर्वाेच्चमा रिट हालेका थिए । थापाको रिटमा सुनुवाइ गर्दै सर्वाेच्चको संयुक्त इजलासले २७ गतेको निर्णय कार्यान्वयन नगर्नू भनी अन्तरिम आदेश शुक्रबार दिएको थियो ।यो मुद्दा चाँडै टुंगो लगाउनुपर्ने भएकाले लिखित दबाब परेको सात दिनपछि निरन्तर सुनुवाइ गर्न सर्वाेच्चले आदेश पनि दिएको छ ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-9851124751
ईमेल: [email protected]
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com