भक्तपुर। आफ्नै छात्रा विद्यार्थीहरुमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका काठमाडौंको जोरपाटीस्थित सर्वनाम शिक्षालयका होस्टेल वार्डेन रामजी बस्नेतलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिइएको छ।
बिहीबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश केदारनाथ पौडेलको इजलासले ३५ वर्षीय होस्टेल वार्डेन बस्नेतलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। आदेशसँगै उनी डिल्लीबजार कारागार चलान भएका छन् ।
रामेछाप गोकुलगंगा गाउँपालिका–२ ठोसेका बस्नेत नेपाली कांग्रेसनिकट नेविसंघका विद्यार्थी नेतासमेत हुन् । उनीविरुद्ध पीडितका अभिभावकले जाहेरी दिएपछि फरार रहेको अवस्थामा रामेछापबाट पक्राउ परेका थिए ।
गत जेठ २१ गते पक्राउ परेका बस्नेतविरूद्ध कक्षा १०, ८ र ७ मा अध्ययनरत तीन जना छात्राले जाहेरी दिएका थिए। बस्नेतले छात्राहरुलाई यौन दुर्व्यवहार गर्ने, अश्लिल भिडियो देखाउनेलगायत क्रियाकलाप गर्ने गरेको छात्राहरूले जाहेरीमा भनेका छन्
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-9851124751
ईमेल: [email protected]
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com