भक्तपुर उपत्यकामा ठूलो क्षेत्रलाई खानेपानी वितरण गर्दै आएको केयुकेएलको खानेपानीमा हैजा र झाडापखालाको जीवाणु भेटिएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) र ट्यांकर व्यवसायीले वितरण गर्ने खानेपानीमा झाडापखाला तथा हैजाजन्य जीवाणु (फिकल इ. कोलाई) भेटिएको छ । स्वास्थ्य कार्यालय काठमाडौंले मंगलबार र बुधबार पानीको नमुना परीक्षण गरेको थियो ।
स्वास्थ्य कार्यालय काठमाडौंले बुधबार बागबजार, डिल्लीबजार, बालाजु, त्रिपुरेश्वर, बल्खु, चन्द्रागिरिलगायत स्थानमा पुगेर पानीको नमुना परीक्षण गरेको थियो । त्यस क्रममा उपत्यकामा वितरण गरिने खानेपानी सीधै पिउनयोग्य नरहेको भेटिएको छ । केही नमुना परीक्षणमा हानिकारक जीवाणु भेटिएपछि स्वास्थ्य कार्यालयले शुक्रबार अनुगमनलाई तीव्रता दिने जनाएको छ । पानीमा दिसाजन्य जीवाणु भेटिएपछि स्वास्थ्य कार्यालयले केयुकेएललाई पानी शुद्ध पार्न प्रयोग गरिने क्लोरिनको मात्रा बढाउन निर्देशन दिएको छ । सबैतिरको पानीमा जीवाणु भेटिएकाले उमालेर वा झोल क्लोरिन हालेर पिउन अनुरोध गरेको छ ।
खानेपानीमा हैजा तथा झाडापखालाका जीवाणु भेटिएपछि गृह मन्त्रालयले अनुगमन तथा जनचेतनाका लागि कार्ययोजना बनाएको छ । बिहीबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूसहित बैठक बसेको थियो । कार्ययोजनाअनुसार जिल्ला प्रशासन कार्यालयहरूले अनुमगन समिति बनाएर खानेपानी उद्योग, वितरण केन्द्र र स्रोतको अनुगमन तथा परीक्षण गर्नुपर्नेछ । जारको पानीलाई लक्षित गरेर शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नियामक निकायसहितको उपस्थितिमा पानीको शुद्धताबारे अनुगमन गर्नेछन् ।
जारको पानीमा कोलिफर्म, सावधानी अपनाउन निर्देशन
स्वास्थ्य कार्यालय प्रमुख अधिकारीका अनुसार जारको खानेपानीमा यसअघि नै कोलिफर्म ब्याक्टेरिया भेटिएको थियो । बुधबार नमुना परीक्षण गर्दा केही कम्पनीले वितरण गर्ने जारको पानीमा पनि हानिकारक जीवाणु भेटिएको छ । यसबारे काठमाडौं महानगरलाई थप अनुगमन गर्न र खानेपानी वितरक कम्पनीलाई सावधानी अपनाउन स्वास्थ्यले अनुरोध गरेको छ । केही दिनयता परीक्षण गर्दा सबैजसो स्रोतका खानेपानीमा दिसामा हुने जीवाणु भेटिएको उनले बताए ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-9851124751
ईमेल: [email protected]
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com