• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ माघ २२, बिहिबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १बैतडीमा जन्ती बोकेको बस दुर्घटना
  • २प्रतिनिधिसभा निर्वाचन तयारी तीव्र : ६० क्षेत्रको मतपत्र तयार
  • ३“युवा, रोजगारी र सुशासन मेरो प्राथमिकता” : कांग्रेस उम्मेदवार कविर राणा
  • ४काठमाडौंबाट उडेको ४ मिनेटमै इञ्जिन समस्या आएपछी जहाज कोलकातामा सुरक्षित अवतरण
  • ५“राष्ट्रभन्दा माथि पार्टीको स्वार्थ राख्दैन बदलिएको कांग्रेस”:सभापति गगन थापा
  • ६डस्टबिनबाट सुन निकाल्दै गरेका त्रिभुवन विमानस्थलका कर्मचारी पक्राउ
  • ७तालिम सकेर घर फर्कँदै गरेका निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्यु
  • ८आजदेखि निर्वाचन सुरक्षाका लागि नेपाली सेना परिचालन
  • ९काठमाडौंको  नयाँबस्तीमा आगलागी, २४ परिवार विस्थापित
  • १०सामाजिक सञ्जाल नियमन विधेयक फिर्ता लिने सरकारको निर्णय
  • ११क्रान्तिको घण्टी बजिसक्यो, अन्तिम पर्दा उठ्न बाँकी छ”: रवि लामिछाने
  • १२बालेन शाहसँगै सुदूरपश्चिम पुगेका पत्रकार दिनेश सिटौला रहेनन्
  • १३कुहिरोले तराईको जनजीवन प्रभावित , हिमाली भागमा हिमपात र वर्षाको सम्भावना
  • १४राष्ट्रपति पौडेल आज जापानको औपचारिक भ्रमणमा जाँदै
  • १५डिजेल र मट्टितेलको मूल्य बढ्यो, पेट्रोल र ग्यास यथावत्

NitcoNepal

Tags

उज्यालो नेपाल पार्टी नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा युवराज सफल रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  मुख्य समाचार

सूचनाको हक र सकारात्मक सोचसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न


उज्यालो समाचार July 2, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

भक्तपुर/ ‘सूचनाको हक र सकारात्मक सोच’ विषयक एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय सञ्चार केन्द्रको आयोजना र सूर्यविनायक नगरपालिकाको सहयोगमा भक्तपुरमा उक्त कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रममा सञ्चारकर्मी, स्थानीय तहका जनप्रतिनिधि एवं कर्मचारी समेत गरी करिब ७० जना सहभागी भएका थिए ।

कार्यक्रममा सूचना आयोगका पूर्व आयुक्त किरण पोखरेलले सूचनाको हकको सम्बन्धमा प्रस्तुति दिएका थिए । उनले सूचनाका हक अन्तर्गत सूचना माग्ने र पाउने अधिकार मात्रै नपर्ने उल्लेख गर्दै त्यसलाई अध्ययन गर्ने र सकारात्मक रुपले ग्रहण गर्नसक्ने अवस्थामा मात्रै यसको वास्तविक रुपमा यसको उपलब्धि देखिने बताए ।

सूचनाको हक लोकतन्त्रको महत्वपूर्ण पक्ष भएको उल्लेख गर्दै पोखरेलले २०४७ सालको प्रजातन्त्रको मुख्य कमजोरी सूचनाको हकको प्रत्याभूति गर्न नसक्नु रहेको बताए । २०६२/६३ को जनआन्दोलनको बलमा लोकतन्त्र स्थापना भएलगत्तै २०६४ सालमा सूचनाको हकसम्बन्धी ऐन आउनु नयाँ व्यवस्थाको महत्वपूर्ण पक्ष भएको उनले बताए ।

सूचनाको हकसम्बन्धी ऐनले प्रत्येक सार्वजनिक निकायलाई २० बुँदे ढाँचामा ३/३ महिनामा सूचना प्रकाशन गर्नुपर्ने व्यवस्था गरेको उल्लेख गर्दै थप सूचनाका लागि सम्बन्धित व्यक्तिले जहिलेसुकै सूचना माग गर्नसक्ने उल्लेख उनको भनाइ छ । त्यसरी सूचना नपाएमा सूचना आयोगमा पुनरावलोकन उजुरी दिनसक्ने व्यवस्था रहेकोले यसलाई प्रयोग गरेर सार्वजनिक क्षेत्रलाई पारदर्शी बनाउन सहयोग गर्न सकिने उनले बताए ।

सो कार्यक्रममा सकारात्मक सोचसम्बन्धी विषयमा रमण भट्टराई नेपालीले प्रस्तुती दिएका थिए । उनले सकारात्मक सोचाइका लागि शरीर र मन दुवैबाट सकारात्मक उर्जा सिर्जना गर्नुपर्ने उल्लेख गरे ।

कुनै पनि व्यक्तिले प्रत्येक दिन सकारात्मक क्रियाकलाप र व्यवहारलाई निरन्तरता दिने हो भने त्यस्तो व्यवहार बानीको रुपमा परिणत हुने उल्लेख गर्दै उनले यसले दीगो रुपमा सकारात्मकताको विकास गर्ने बताए ।

कार्यक्रममा प्रमुख अतिथि रहेका सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापाले सूचनाको हक कार्यान्वयनमा नगरपालिका यसअघिदेखि नै प्रतिवद्ध रहेको र यो निरन्तर रहने बताए । उनले सूचनाको हकसँगै जोडिएर आएको ‘सकारात्मक सोच’ विषयक प्रस्तुतीले सकारात्मक ढंगबाट सूचनाको आदानप्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।

कार्यक्रममा राष्ट्रिय सञ्चार केन्द्रका अध्यक्ष पेशल आचार्यले केन्द्रले सञ्चारकर्मीको व्यवसायिक क्षमता विकासमा काम गरिरहेको उल्लेख गर्दै त्यसैको निरन्तरतास्वरुप कार्यक्रमको आयोजना गरिएको बताए । त्यस्तै, सकारात्मक सोचको विकासले व्यक्तिगत र सार्वजनिक जीवनमा महत्वपूर्ण भूमिक खेल्ने उल्लेख गर्दै सूचनाको हकसँग यो विषय परिपूरक रहेको समेत उल्लेख गरे ।

कार्यक्रममा पत्रकार महासंघ भक्तपुरका निवर्तमान अध्यक्ष पुष्करराज बुढाथोकीले एउटै विषयलाई सोच्ने तरिका फरक फरक हुनसक्ने भन्दै आधा गिलास पानीलाई ‘आधा गिलास भरी’को रुपमा बुझ्न कार्यक्रम महत्वपूर्ण हुने उल्लेख गरे । कार्यक्रममा मानव कल्याण समाजकी अध्यक्ष सुमित्रा चा‌ैलागाईले पनि सकारात्मक सोच र मानव कल्याण समाजका बारेमा प्रष्ट पारेकी थिइन् ।

सम्बन्धित पोस्ट
  • बैतडीमा जन्ती बोकेको बस दुर्घटना
  • प्रतिनिधिसभा निर्वाचन तयारी तीव्र : ६० क्षेत्रको मतपत्र तयार
  • “युवा, रोजगारी र सुशासन मेरो प्राथमिकता” : कांग्रेस उम्मेदवार कविर राणा
  • काठमाडौंबाट उडेको ४ मिनेटमै इञ्जिन समस्या आएपछी जहाज कोलकातामा सुरक्षित अवतरण
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    बैतडीमा जन्ती बोकेको बस दुर्घटना

    प्रतिनिधिसभा निर्वाचन तयारी तीव्र : ६० क्षेत्रको मतपत्र तयार

    “युवा, रोजगारी र सुशासन मेरो प्राथमिकता” : कांग्रेस उम्मेदवार कविर राणा

    काठमाडौंबाट उडेको ४ मिनेटमै इञ्जिन समस्या आएपछी जहाज कोलकातामा सुरक्षित अवतरण

    “राष्ट्रभन्दा माथि पार्टीको स्वार्थ राख्दैन बदलिएको कांग्रेस”:सभापति गगन थापा

    डस्टबिनबाट सुन निकाल्दै गरेका त्रिभुवन विमानस्थलका कर्मचारी पक्राउ

    तालिम सकेर घर फर्कँदै गरेका निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्यु

    आजदेखि निर्वाचन सुरक्षाका लागि नेपाली सेना परिचालन

    प्रतिनिधिसभा निर्वाचन तयारी तीव्र : ६० क्षेत्रको मतपत्र तयार

    “युवा, रोजगारी र सुशासन मेरो प्राथमिकता” : कांग्रेस उम्मेदवार कविर राणा

    काठमाडौंबाट उडेको ४ मिनेटमै इञ्जिन समस्या आएपछी जहाज कोलकातामा सुरक्षित अवतरण

    “राष्ट्रभन्दा माथि पार्टीको स्वार्थ राख्दैन बदलिएको कांग्रेस”:सभापति गगन थापा

    डस्टबिनबाट सुन निकाल्दै गरेका त्रिभुवन विमानस्थलका कर्मचारी पक्राउ

    उज्यालो समाचार

    बैतडीमा जन्ती बोकेको बस दुर्घटना

    प्रतिनिधिसभा निर्वाचन तयारी तीव्र : ६० क्षेत्रको मतपत्र तयार

    “युवा, रोजगारी र सुशासन मेरो प्राथमिकता” : कांग्रेस उम्मेदवार कविर राणा

    काठमाडौंबाट उडेको ४ मिनेटमै इञ्जिन समस्या आएपछी जहाज कोलकातामा सुरक्षित अवतरण

    “राष्ट्रभन्दा माथि पार्टीको स्वार्थ राख्दैन बदलिएको कांग्रेस”:सभापति गगन थापा

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑