• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ माघ २६, सोमबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १धादिङमा बस दुर्घटना, चिया पिइरहेका स्थानीयको मृत्यु
  • २आजदेखि देशैभरी एचपीभी खोप अभियान सुरु, फागुन २७ सम्म सञ्चालन हुने ।
  • ३बैतडीमा विद्युतीय हाइस दुर्घटना हुँदा, २५ बर्षीय चालकको मृत्यु
  • ४इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो
  • ५सप्तरीमा शंकास्पद ‘खेलौना’ विस्फोट, वनभोज गएका चार बालक घाइते
  • ६फेरि गोली चल्दैन, सिंहदरबार जल्दैन“देश सम्हाल्ने जिम्मा काँग्रेसले लिन्छ : गगन थापा”
  • ७प्रधानमन्त्री कार्कीद्धारा लोकप्रिय अभिनेता सुनिल थापाको निधनप्रति शोक व्यक्त
  • ८‘जिरोबाट फेरि उठ्यो’ कोटेश्वर भाटभटेनी ,अन्य शाखा पनि छिट्टै खुल्ने
  • ९काठमाडौँमा चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण फैलाउने ८ वटा मोटरसाइकल नियन्त्रणमा
  • १०अण्डा अड्किएर एक जनाको मृत्यु
  • ११वरिष्ठ कलाकार सुनिल थापाको निधन
  • १२केन्द्रीय सुरक्षा समितिद्वारा निर्वाचनमा ड्रोन प्रयोगमा प्रतिबन्ध अरु के के भए निर्णयहरु?
  • १३बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले १ लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • १४४ वर्षीया बालिकाको निधन प्रति रास्वपा स्तब्ध, पीडित परिवारलाई न्याय दिलाउने प्रतिबद्धता
  • १५दुर्गा प्रसाईं पक्राउ

NitcoNepal

Tags

उज्यालो नेपाल पार्टी नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा युवराज सफल रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  मुख्य समाचार

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आगामी कात्तिक महिनाको ३० गते प्रस्ताव गर्ने तयारीमा आयोग


उज्यालो समाचार July 5, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

भक्तपुर/निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको आगामी कात्तिक महिनाको ३० गते प्रस्ताव गर्ने तयारी गरेको छ ।
आयोगका एक पदाधिकारीले नेपाल समाचारपत्रलाई सोमबार दिएको जानकारीअनुसार कात्तिक अन्तिम सातासम्म निर्वाचन सक्ने गरी असार मसान्तभित्र मिति तोक्न प्रस्ताव गरी सरकारलाई पत्राचार गर्ने तयारी भइरहेको छ ।

निर्वाचनको मिति आयोगसँगको परामर्शमा सरकारले तोक्ने कानुनी प्रावधान रहेको छ ।निर्वाचनको तयारीको लागि सामान्यतया १ सय २० दिन (चार महिना) अघि मिति घोषणा हुनुपर्ने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । केही दिनअघि मात्रै निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवासँग निर्वाचनको मिति घोषणाका बारेमा अनौपचारिक छलफल गरेका थिए । त्यस क्रममा प्रधानमन्त्रीले आयोगले मिति सिफारिस गरेर ल्याए आफूहरूले प्रक्रिया अघि बढाउने बताएको आयोगका एक पदाधिकारीले बताए ।

आयोगले दशैं बिदा सकिएलगत्तै पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फको मनोनयन प्रक्रिया शुरू गर्ने योजना बनाएको छ । आगामी असोज १० देखि २३ असोजसम्म दशैं बिदा पर्छ । दशैं सकिएलगत्तै मनोनयन दर्ता प्रक्रिया थाल्ने र असोजको अन्तिम साताभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगले तयारी गरेको हो । त्यसो हुँदा उम्मेदवारले दशैंपछि तिहार सकिएपछि पनि चुनाव प्रचारप्रसार गर्न पाउँछन् । आयोगले प्रस्ताव गरेको मिति तिहारको करिब २० दिनपछि पर्छ ।

आयोगले असार मसान्तभित्र सरकारबाट निर्वाचनको मिति घोषणाको अपेक्षा गरेको छ । मिति घोषणा भएलगत्तै आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ताको सूचना निकाल्ने छ । त्यसलगत्तै दलहरूलाई समानुपातिक उम्मेदवारहरूको सूची पेस गर्न समय दिनेछ ।

आयोगले केही दिनअघि सुरक्षा निकायका प्रमुखहरूसँग पछि निर्वाचनबारे छलफल गरेको थियो । छलफलपछि एकै चरणमा निर्वाचन गर्न सकिने मनस्थिति बनाएको बुझिएको छ ।गत वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा सुरक्षाकर्मीको संख्या कम हुँदा कतिपय ठाउँमा निर्वाचन बिथोलिएको आयोगले आन्तरिक निष्कर्ष निकालेको थियो । तर पनि दुई चरणमा निर्वाचन गर्दा बढी खर्च हुने भएकाले आयोगले एकै चरणमा जोड दिएको छ ।

आयोगले अहिले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मतदाता नामावली संकलन गरिरहेको छ । प्रवक्ता शर्मा पौडेलले अहिले देशभर दैनिक २५ हजारको हाराहारीमा नामावली संकलन भइरहेकाले असारभरिमा करिब ७ लाख जति नयाँ मतदाता थपिने अनुमान गरिएको बताउनुभयो । निर्वाचनको मिति घोषणा हुनासाथ मतदाता नामावली संकलन रोकिने छ ।

आयोगले अहिले मतदानस्थल र मतदान केन्द्रको पनि पुनरावलोकन गर्ने योजना बनाएको छ । कतिपय ठाउँमा मतदाताहरू टाढा हिँड्नु परेको र कतिपय ठाउँका मतदातालाई अर्को अपायक ठाउँमा मतदान केन्द्र तोकिएकाले त्यसलाई मिलाउने काम भइरहेको आयोगले जनाएको छ । मतदान स्थल र केन्द्र पुनरावलोकनका लागि हरेक जिल्लामा प्रमुख जिल्ला अधिकारी नेतृत्वको समितिले सिफारिस गर्नुपर्छ । आयोगले केही दिनमै विद्युतीय मतदान यन्त्रका बारेमा पनि सरकारसँग थप छलफल गर्ने योजना बनाएको छ ।

सम्बन्धित पोस्ट
  • धादिङमा बस दुर्घटना, चिया पिइरहेका स्थानीयको मृत्यु
  • आजदेखि देशैभरी एचपीभी खोप अभियान सुरु, फागुन २७ सम्म सञ्चालन हुने ।
  • बैतडीमा विद्युतीय हाइस दुर्घटना हुँदा, २५ बर्षीय चालकको मृत्यु
  • इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    धादिङमा बस दुर्घटना, चिया पिइरहेका स्थानीयको मृत्यु

    आजदेखि देशैभरी एचपीभी खोप अभियान सुरु, फागुन २७ सम्म सञ्चालन हुने ।

    बैतडीमा विद्युतीय हाइस दुर्घटना हुँदा, २५ बर्षीय चालकको मृत्यु

    इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो

    सप्तरीमा शंकास्पद ‘खेलौना’ विस्फोट, वनभोज गएका चार बालक घाइते

    फेरि गोली चल्दैन, सिंहदरबार जल्दैन“देश सम्हाल्ने जिम्मा काँग्रेसले लिन्छ : गगन थापा”

    प्रधानमन्त्री कार्कीद्धारा लोकप्रिय अभिनेता सुनिल थापाको निधनप्रति शोक व्यक्त

    ‘जिरोबाट फेरि उठ्यो’ कोटेश्वर भाटभटेनी ,अन्य शाखा पनि छिट्टै खुल्ने

    धादिङमा बस दुर्घटना, चिया पिइरहेका स्थानीयको मृत्यु

    आजदेखि देशैभरी एचपीभी खोप अभियान सुरु, फागुन २७ सम्म सञ्चालन हुने ।

    बैतडीमा विद्युतीय हाइस दुर्घटना हुँदा, २५ बर्षीय चालकको मृत्यु

    इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो

    सप्तरीमा शंकास्पद ‘खेलौना’ विस्फोट, वनभोज गएका चार बालक घाइते

    उज्यालो समाचार

    धादिङमा बस दुर्घटना, चिया पिइरहेका स्थानीयको मृत्यु

    आजदेखि देशैभरी एचपीभी खोप अभियान सुरु, फागुन २७ सम्म सञ्चालन हुने ।

    बैतडीमा विद्युतीय हाइस दुर्घटना हुँदा, २५ बर्षीय चालकको मृत्यु

    इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो

    सप्तरीमा शंकास्पद ‘खेलौना’ विस्फोट, वनभोज गएका चार बालक घाइते

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑