भक्तपुर/प्रतिनिधि सभाको बैठक आज (शुक्रबार) पनि बस्दै छ। बैठक दिउँसाे २ बजे सुरु हुने गरी बाेलाइएको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिएका छन्। आजका सम्भावित कार्यक्रममा ‘नेपाल नागरिकता (पहिलो) संशोधन, २०७५’ फिर्ताका लागि प्रस्ताव पेस गरिने पनि उल्लेख गरिएको छ। प्रस्ताव गृहमन्त्री बालकृष्ण खाँणले प्रस्तुत गर्नेछन्।
मन्त्रिपरिषद् बैठकको निर्णयानुसार सरकारले प्रतिनिधि सभामा विचाराधीन विवादित नागरिकता विधेयक फिर्ता लिन लागेको हो। प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने नागरिकता विधेयक फिर्ताको निर्णयको विरोध गरेको छ।
संघीय संसदका महासचिव डा. गौतमका अनुसार प्रतिनिधि सभाको आजको बैठकमा अन्य सम्भावित कार्यक्रममा राज्य व्यवस्था तथा सुशासन समितिका ज्येष्ठ सदस्य मुकुन्द न्यौपानेले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस गर्नेछन्। यस्तै आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ‘योगेमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यक्रममा उल्लेख गरिएको छ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-9851124751
ईमेल: [email protected]
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com