काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आइतबार बस्ने भएको छ । सोमबार बस्ने केन्द्रीय समितिको बैठकको तयारीको लागि छलफल गर्न सभापति शेरबहादुर देउवाले आइतबार दिउँसो १ बजे बस्ने गरी पार्टी पदाधिकारी बैठक बोलाउनुभएको हो ।
बैठकमा केन्द्रीय कार्यसमितिका प्रस्ताव तय गर्ने र ती विषयमा पदाधिकारी तहमा सहमति जुटाउने प्रयास हुनेछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा गत बैशाख ३० गते सम्पन्न स्थानीय तह चुनावको समीक्षा हुनेछ ।
बैठकमा भ्रातृ तथा शुभेच्छुक संस्थाको विधान पारित गर्ने तथा नयाँ संस्थालाई मान्यता दिने एजेण्डा पनि राखिएको छ । बैठकमा सभापति देउवासहित उपसभापति, महामन्त्री, सहमहामन्त्रीहरू र पार्टी प्रवक्ता सहभागी हुनेछन् ।
पार्टीको संस्थापन इतर केन्द्रीय सदस्य डा. शेखर कोइराला समूहले केन्द्रीय समितिमा उठाउने एजेण्डाका सम्बन्धमा गत हप्ता लगातार २ दिने आफू पक्षीय भेला गरेको थियो । भेलाले सभापति देउवा पार्टी र सरकार सञ्चालनमा असफल भएको निष्कर्ष निकालेको थियो ।
कोइराला समूह भ्रातृसंस्थाको नेतृत्व चयनमा सभापति देउवाले एकलौटी गरेको र महाधिवेशन सम्पन्न भएको ६ महिना बितिसक्दा पनि विधानअनुसार काम नगरेको भन्दै असन्तुष्ट छ । आफ्ना असन्तुष्टिहरूलाई सोमबार बस्ने केन्द्रीय समितिमा जोडतोडका साथ उठाउने कोइराला समूहको तयारी छ ।
कोइराला समूहले उठाएका एजेण्डामाथि आवश्यक सहमति जुटाएर केन्द्रीय समितिमा उठ्न सक्ने प्रश्नको न्यूनिकरण गर्न सभापति देउवाले केन्द्रीय समिति बैठक बस्नु अघिल्लो दिन पदाधिकारी बैठक बोलाउनुभएको हो ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-9851124751
ईमेल: [email protected]
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com