काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियान जियाञ्चाओ आज नेपाल आउदै छन् । लिउ चार दिने नेपाल भ्रमणमा रहनेछन् । उनी आठ सदस्यीय टोली लिएर आउदैछन् ।
५८ वर्षीय नेता लिउ चीनका पूर्व वरिष्ठ कूटनीतिज्ञ हुन् । गत जुन महिनामा उनी चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग प्रमुख नियुक्त भएका थिए । चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग प्रमुखमा नियुक्त भए लगत्तै लिउले नेपालका राजनीतिक दलका नेताहरूसँग संवाद पनि गरेका थिए ।
लिउले असार ९ गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, असार १० गते एमाले अध्यक्ष केपी शर्मा ओली र असार १६ गते परराष्ट्र मन्त्री नारायण खड्कासँग बेइजिङबाट भर्चुअल संवाद गरेका थिए । नेपालमा नेपाल कम्युनिस्ट पार्टी बनाउन चीनको मुख्य भूमिका रहेको मानिन्छ । तर नेताहरूका व्यक्तिगत स्वार्थीका कारण नेकपा टिक्न सकेन विभाजनको सङ्घारमा पुगेको थियो । अहिले चीनले नेपाली काङ्ग्रेससँग पनि सम्बन्ध विस्तार गर्न खोजेको छ ।
कूटनीतिक स्रोतका अनुसार चार दिने नेपाल भ्रमणमा आउन लागेका लिउको मुख्य उद्देश्य वाम गठबन्धनका लागि बल पुर्याउनु रहेको छ ।नेता लिउले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतसँग भेटवार्ता गर्ने तयारी रहेको छ ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-9851124751
ईमेल: [email protected]
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com