नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेताका नाममा खुलेका ट्रस्ट र फाउन्डेसनका नाममा राज्यकोषबाट बजेट हाल्ने र ब्रह्मलुट गर्ने काम भइरहेको बताएका हुन् । उनले त्यो काम सरसर्ती भ्रष्टाचार भएको समेत भनेका छन् । श्रीलंकामा भएको घटनासँग जोड्दै उपसभापति गुरुङले नेताका नाममा खुलेका ट्रस्टमा बजेट लगानी गर्ने काम अहिल्यैबाट छोड्नुपर्ने बताएका छन् । उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘सुशील कोइराला सभापति भएकै बेलामा मैले केन्द्रीय समितिको बैठकमा भनेको थिएँ–नेताहरुको नाममा खोलेको ट्रस्ट/फाउन्डेसनहरुमा राज्यकोषबाट बजेट हाल्ने र ब्रह्मलुट गर्ने काम भइरहेको छ। यो भ्रष्टाचार हो । रोक्नु पर्छ ।’ तर त्यसयता पनि त्यस्तो प्रवृत्ति बढ्दो रहेको उनको दाबी छ । उनले श्रीलंकामा भएको घटनाबाट अचेत नेताहरुको चेत खुल्नुपर्ने बताएका छन् ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-9851124751
ईमेल: [email protected]
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com