श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले राजीनामा पत्रमा हस्ताक्षर गरेका छन् । श्रीलंकाका सञ्चारमाध्यमका अनुसार राजापाक्षेको राजीनामा १३ जुलाईमा सभामुखले सार्वजनिक गर्ने छन् । ‘राष्ट्रपतिको राजीनामा पत्रमा हस्ताक्षर गरी वरिष्ठ सरकारी अधिकारीलाई हस्तान्तरण गरेका थिए । ती अधिकारीले राजीनामा पत्र संसद सभामुखलाई बुझाउने छन् । उक्त पत्रको जानकारी पाएका सभामुख महिन्दा यापा अबेवर्देनाले भोलि गोटाबाया राजापाक्षेको राष्ट्रपतिको कार्यकाल समाप्त भएको सार्वजनिक घोषणा गर्नेछन्,’ श्रीलंकाको समाचार संस्था डेली मिररले लेखेको छ । राजापाक्षेले हाल सेनाको साथमा सुरक्षित स्थानमा रहेको बताइएको छ । ९ जुलाईमा नागरिकले गरेको प्रदर्शनअघि राष्ट्रपति राजापाक्षेलाई सुरक्षित स्थानमा लिइएको थियो ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-9851124751
ईमेल: [email protected]
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com