• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ माघ २३, शुक्रबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १बैतडीमा जन्ती बोकेको बस दुर्घटना
  • २प्रतिनिधिसभा निर्वाचन तयारी तीव्र : ६० क्षेत्रको मतपत्र तयार
  • ३“युवा, रोजगारी र सुशासन मेरो प्राथमिकता” : कांग्रेस उम्मेदवार कविर राणा
  • ४काठमाडौंबाट उडेको ४ मिनेटमै इञ्जिन समस्या आएपछी जहाज कोलकातामा सुरक्षित अवतरण
  • ५“राष्ट्रभन्दा माथि पार्टीको स्वार्थ राख्दैन बदलिएको कांग्रेस”:सभापति गगन थापा
  • ६डस्टबिनबाट सुन निकाल्दै गरेका त्रिभुवन विमानस्थलका कर्मचारी पक्राउ
  • ७तालिम सकेर घर फर्कँदै गरेका निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्यु
  • ८आजदेखि निर्वाचन सुरक्षाका लागि नेपाली सेना परिचालन
  • ९काठमाडौंको  नयाँबस्तीमा आगलागी, २४ परिवार विस्थापित
  • १०सामाजिक सञ्जाल नियमन विधेयक फिर्ता लिने सरकारको निर्णय
  • ११क्रान्तिको घण्टी बजिसक्यो, अन्तिम पर्दा उठ्न बाँकी छ”: रवि लामिछाने
  • १२बालेन शाहसँगै सुदूरपश्चिम पुगेका पत्रकार दिनेश सिटौला रहेनन्
  • १३कुहिरोले तराईको जनजीवन प्रभावित , हिमाली भागमा हिमपात र वर्षाको सम्भावना
  • १४राष्ट्रपति पौडेल आज जापानको औपचारिक भ्रमणमा जाँदै
  • १५डिजेल र मट्टितेलको मूल्य बढ्यो, पेट्रोल र ग्यास यथावत्

NitcoNepal

Tags

उज्यालो नेपाल पार्टी नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा युवराज सफल रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  मुख्य समाचार

कांग्रेस केन्द्रीय समिति बैठकको प्रस्ताव : प्रदेश र संघीय निर्वाचनमा गठबन्धन


उज्यालो समाचार July 13, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

भक्तपुर /कांग्रेस सभापति शेरबहादुर देउवाले आसन्न प्रदेश तथा संघीय निर्वाचनमा गठबन्धन गरेर जाने प्रस्ताव अगाडि बढाएका छन् । संस्थापनइतर समूहले आसन्न निर्वाचनमा गठबन्धन नबनाउन दबाब दिइरहेका वेला केन्द्रीय समितिमा बलियो बहुमतमा रहेका सभापति देउवा गठबन्धनको पक्षमा उभिएका छन् । तर, संस्थापन पक्षकै केही नेताले गठबन्धन नगर्न सुझाएका छन् ।

मंगलबार बैठकमा गठबन्धनको विपक्षमा धारणा राखेका संस्थापन पक्षका केन्द्रीय सदस्य गुरु बराललाई एक्लै जितेर देखाउन चुनौती दिएका देउवाले बुधबार गठबन्धनको विकल्प नरहेको बताएका हुन् । ‘हामी संकटको समयमा छौँ । संकटको वेला हामीलाई अरू पार्टीको साथ चाहिएको छ र अरूलाई हाम्रो साथ आवश्यक छ,’ बैठकमा देउवाले भने, ‘

हामी संकटको समयमा छौँ । संकटको वेला हामीलाई अरू पार्टीको साथ चाहिएको छ र अरूलाई हाम्रो साथ आवश्यक छ । यो अवस्थामा गठबन्धन दलबीच तालमेल गरेर निर्वाचनमा जानुको विकल्प छैन, वास्तविकता बुझेर अगाडि बढ्नुपर्छ ।

नेता रामचन्द्र पौडेल पनि आसन्न निर्वाचनमा गठबन्धनको पक्षमा उभिएका छन् । ‘अहिले सिद्धान्त र कांग्रेस–कम्युनिस्ट द्वन्द्व होइन । यहाँ स्थायित्व चाहने–नचाहने र संविधान बचाउन चाहने–नचाहनेबीच द्वन्द्व हो । संविधान बचाउनेलाई लिएर अगाडि जाने हो,’ बैठकमा पौडेलले भने, ‘तालमेलको मोडालिटीबारे गठबन्धनमा कुरा गर्छौँ, यहाँ तालमेलको सिद्धान्त तय भएपछि गठबन्धन मोडालिटीबारे कुरा हुन्छ । पार्टीलाई चुस्त बनाएर लानुपर्छ । अहिलेको समयमा गठबन्धन आवश्यक छ । गठबन्धन गरेर जाँदा नै कांग्रेसका लागि फाइदा भएको छ ।’

तर, केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकमा कसैलाई सिट छाड्न नसक्ने बताए । ‘चुनावमा गठबन्धन होस्, मेरो भन्नु केही छैन । मेरो गृहजिल्लामा खेल्ने प्रयास नहोस् । छाड्नुभयो भने म विद्रोहका लागि तयार छु । म समानुपातिक बस्दिनँ, मेरो निर्वाचन क्षेत्रमा सबै पालिका कांग्रेसले जितेको छ,’ उनले भने ।

अर्का केन्द्रीय प्रकाश रसाइली स्नेहीले गठबन्धन हुने–नहुने दुवै विकल्पमा कांग्रेस तयार हुनुपर्ने बताए । ‘हामी गठबन्धनको पनि तयारी गरौँ । नयाँखाले गठबन्धन बनाउन र भएकालाई भत्काउन राष्ट्रिय–अन्तर्राष्ट्रिय चलखेल हुने गरेका छन् । माओवादीले पनि अन्य वाम गठबन्धनसँगको तालमेललार्ई खुला राख्ने र प्राथमिकता अहिलेको सत्तागठबन्धनलाई दिने खुला निर्णय गरेको छ,’ उनले भने, ‘विगतमा पनि हामीले गठबन्धनबाट धोका पाएका उदाहरण छन् । भोलि परिस्थिति प्रतिकूल भयो भने एक्लै निर्वाचन लडेर निर्णायक भूमिकामा पुग्न तयार हुनुपर्छ ।’
दोलखाका केन्द्रीय सदस्य जिपछिरिङ लामाले आफ्नो योगदानलाई मूल्यांकन नगरेको भन्दै आगामी निर्वाचनमा आफू उम्मेदवार नबन्ने धारणा राखेका थिए । ‘कांग्रेसका लागि मैले धेरै दुःख गरेको छु । पार्टीले मूल्यांकन नगर्ने हो भने आगामी निर्वाचन नलड्ने घोषणा गर्छु,’ उनले भनेका थिए ।
प्रवक्ता प्रकाशशरण महतले बैठकमा अधिकांश केन्द्रीय सदस्यले गठबन्धनलाई आगामी संघ र प्रदेशको निर्वाचनसम्म लैजानुपर्नेमा जोड दिएको जानकारी दिए । उनले जारी बैठकमा केन्द्रीय सदस्यले कांग्रेसले विजय हासिल गर्नुमा गठबन्धनले मद्दत गरेकाले निरन्तरताको पक्षमा धारणा राखेको बताए । नेताहरूले समानुपातिक निर्वाचन प्रणाली भएका कारण पनि गठबन्धन गर्नुको विकल्प नभएको धारणा राखेको उनको भनाइ छ । उनले धारणा राख्नेले स्थानीय तह निर्वाचनबाट पाठ सिकेर छिट्टै गठबन्धनको विषय टुंग्याउनुपर्नेमा जोड दिएको जिकिर गरे ।
‘समग्रमा समीक्षा र आगामी दिनमा कसरी पार्टी जानुपर्छ भन्ने विषयमै छलफल केन्द्रित छ । बोल्ने सबै साथीले गठबन्धनलाई अगाडि बढाउनुपर्छ । समानुपातिक निर्वाचन प्रणाली भएकाले अहिले गठबन्धनको विकल्प छैन भन्नुभएको छ,’ प्रवक्ता महतले भने, ‘साउनभित्र गठबन्धनको टुंगो लगाउने र भदौभित्र नै पार्टीको टिकट टुंगो लगाइसक्नुपर्छ ।’ उनले यसबाहेक पार्टीप्रतिको असन्तुष्टि र फरक मत पनि बैठकमा आइरहेको बताए ।

मंगलबारको बैठकमा पेस भएको सभापतिदेखि सदस्यसम्मको मर्यादाक्रममा प्रदेश सभापतिहरूले असन्तुष्टि जनाएका छन् । सहमहामन्त्री बद्री पाण्डेले केन्द्रीय सभापतिदेखि सदस्यसम्म गरी १२१ को प्रस्तावित मर्यादाक्रम पेस गरेका थिए । तर, सातै प्रदेशका सभापतिले असन्तुष्टि राखेका छन् ।

गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माका अनुसार प्रदेश सभापतिले आफूहरूलाई केन्द्रीय सदस्यभन्दा अगाडि राख्नुपर्ने माग गरेका हुन् । यसबारे बुधबार पार्टी सभापति देउवालाई लिखित रूपमा ध्यानाकर्षण गराउने उनीहरूको तयारी छ । ‘पूर्वपदाधिकारीभन्दा तल र केन्द्रीय सदस्यभन्दा अगाडि प्रदेश सभापतिको स्थान रहनु व्यावहारिक हुन्छ । हामीले सातै प्रदेशका सभापतिको तर्फबाट ध्यानाकर्षणपत्र तयार गरेका छौँ,’ उनले भने ।

प्रस्तुत मस्यौदामा पार्टी विधानले व्यवस्था गरेको तहगत संरचनाको आधारमा मर्यादाक्रम तोकिएको छ । मर्यादाक्रमअनुसार क्रमशः केन्द्रीय सभापति, पूर्वकेन्द्रीय सभापति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, संसदीय दलका नेता, केन्द्रीय पदाधिकारी, संसदीय दलका पूर्वनेता, पूर्वकेन्द्रीय पदाधिकारी, केन्द्रय सदस्य, राष्ट्रिय सभा दलका नेता र ११औँ नम्बरमा प्रदेश सभापतिको मर्यादाक्रम छ ।

सम्बन्धित पोस्ट
  • बैतडीमा जन्ती बोकेको बस दुर्घटना
  • प्रतिनिधिसभा निर्वाचन तयारी तीव्र : ६० क्षेत्रको मतपत्र तयार
  • “युवा, रोजगारी र सुशासन मेरो प्राथमिकता” : कांग्रेस उम्मेदवार कविर राणा
  • काठमाडौंबाट उडेको ४ मिनेटमै इञ्जिन समस्या आएपछी जहाज कोलकातामा सुरक्षित अवतरण
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    बैतडीमा जन्ती बोकेको बस दुर्घटना

    प्रतिनिधिसभा निर्वाचन तयारी तीव्र : ६० क्षेत्रको मतपत्र तयार

    “युवा, रोजगारी र सुशासन मेरो प्राथमिकता” : कांग्रेस उम्मेदवार कविर राणा

    काठमाडौंबाट उडेको ४ मिनेटमै इञ्जिन समस्या आएपछी जहाज कोलकातामा सुरक्षित अवतरण

    “राष्ट्रभन्दा माथि पार्टीको स्वार्थ राख्दैन बदलिएको कांग्रेस”:सभापति गगन थापा

    डस्टबिनबाट सुन निकाल्दै गरेका त्रिभुवन विमानस्थलका कर्मचारी पक्राउ

    तालिम सकेर घर फर्कँदै गरेका निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्यु

    आजदेखि निर्वाचन सुरक्षाका लागि नेपाली सेना परिचालन

    प्रतिनिधिसभा निर्वाचन तयारी तीव्र : ६० क्षेत्रको मतपत्र तयार

    “युवा, रोजगारी र सुशासन मेरो प्राथमिकता” : कांग्रेस उम्मेदवार कविर राणा

    काठमाडौंबाट उडेको ४ मिनेटमै इञ्जिन समस्या आएपछी जहाज कोलकातामा सुरक्षित अवतरण

    “राष्ट्रभन्दा माथि पार्टीको स्वार्थ राख्दैन बदलिएको कांग्रेस”:सभापति गगन थापा

    डस्टबिनबाट सुन निकाल्दै गरेका त्रिभुवन विमानस्थलका कर्मचारी पक्राउ

    उज्यालो समाचार

    बैतडीमा जन्ती बोकेको बस दुर्घटना

    प्रतिनिधिसभा निर्वाचन तयारी तीव्र : ६० क्षेत्रको मतपत्र तयार

    “युवा, रोजगारी र सुशासन मेरो प्राथमिकता” : कांग्रेस उम्मेदवार कविर राणा

    काठमाडौंबाट उडेको ४ मिनेटमै इञ्जिन समस्या आएपछी जहाज कोलकातामा सुरक्षित अवतरण

    “राष्ट्रभन्दा माथि पार्टीको स्वार्थ राख्दैन बदलिएको कांग्रेस”:सभापति गगन थापा

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑