१९ साउन २०७९
काठमाडौं : सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। यसदिन नेप्से परिसूचक ३८.६१ अंकले घटेर २१४८.१६ विन्दुमा अडिएको छ।
यसदिन सेन्सेटिभ इन्डेक्स ८ अंक बढीले घटेर ४१२.२५ विन्दुमा झरेको छ।
नेप्से ओरालो लागेसँगै कारोबार रकम पनि बुधबारको तुलनामा घटेको छ। बुधबार २१८ कम्पनीको ९५ लाख ४२ हजार ६०७ कित्ता सेयर ४ अर्ब २ करोड ९९ लाख ४ हजार २५१ रुपैयाँमा खरिदबिक्री भएको थियो।
आज २१५ कम्पनीको ८५ लाख ६९ हजार ५ कित्ता सेयर ३ अर्ब ७६ करोड ८० लाख ७९ हजार १७३ रुपैयाँमा खरिदबिक्री भयो।
कारोबारमा आएका सबै समूहको सूचक नकारात्मक देखिएको छ। ट्रेडिङ समूहको सूचक सबैभन्दा बढी ५.१५ प्रतिशतले घट्यो।
दोहोरो अंकको गिरावट आएको सेयर बजारमा बलेफी हाइड्रो पावरको सेयर मूल्य ९.९८ प्रतिशतले बढ्यो।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स अग्रस्थानमा रह्यो। सो कम्पनीको २५ करोड २२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-9851124751
ईमेल: [email protected]
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com