नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । उनीहरूबीच आज बिहान हात्तीवनमा भेटवार्ता भएको हो । भेटवार्तामा माओवादीका नेता नारायणकाजी श्रेष्ठ पनि थिए । ‘पार्टी दर्तापछि उहाँले शीर्ष नेताहरूलाई भेट गर्ने कार्यक्रम छ । त्यहीअनुसार अस्ति प्रधानमन्त्रीलाई भेट्नुभएको थियो । आज प्रचण्डजीलाई भेट्नुभएको हो,’ समाजवादी पार्टीका नेता विश्वदीप पाण्डेले भने । उनका अनुसार भेटवार्ताको क्रममा चुनावी तालमेल र गठबन्धनबारे छलफल भएको थियो । जसपाबाट विभाजित भएर नयाँ दल दर्ता गरेपछि बाबुरामले आफ्नै पार्टी दर्ता गरेका छन् । उनले सत्ता गठबन्धनको स्वभाविक हकदार भएकाले आफ्नो पार्टीलाई पनि गठबन्धनमै सामेल गराउनुपर्ने बताउँदै आइरहेका छन् ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-9851124751
ईमेल: [email protected]
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com