कोरोना संक्रमण जोखिम बढेसँगै लमजुङ सदरमुकाम बेसीसहरका विद्यालय बन्द हुन थालेका छन् । जिल्लाका विभिन्न सामुदायिक तथा निजी विद्यालयमा अध्यनरत विद्यार्थीमा रुघाखोकी तथा ज्वरोको संक्रमण देखिएपछि विद्यालयहरू बन्द हुन थालेका हुन् । लमजुङमा पछिल्लो समय कोरोना संक्रमण बढ्दो रहेको र संक्रमितमध्ये अधिकाँश बालबालिका रहेको अस्पतालले जनाएको छ । अधिकांश विद्यार्थीमा रुघाखोकी र ज्वरोका लक्षण देखिएपछि सदरमुकाम बेसीसहरमा रहेका जनविकास मावि, युनिभर्सल एकेडेमी, ल्याण्डस्टार माविलगायतका विद्यालय बन्द भएका हुन् । जिल्लाका केही विद्यालय बन्द भइसकेको र अन्य विद्यालय पनि जोखिम आंकलन गरी बन्द गर्ने तयारीमा रहेका छन् । कोरोना संक्रमण फैलन नदिन विशेष सर्तकता अपनाउन आइतबारसम्मका लागि विद्यालय बन्द गरिएको सम्बन्धित विद्यालयले जनाएका छन् । लमजुङमा हाल एक सय बढी सक्रिय संक्रमित रहेका छन् । जिल्ला अस्पताल लमजुङमा पनि पछिल्लो साता कोरोनासँग मिल्दो लक्षणका बिरामीको अधिक चाप रहेको अस्पतालले जनाएको छ । स्वास्थ्य कार्यालय लमजुङका अनुसार हालसम्म १ सय ९८ जनामा कोरोना संक्रमण भइसकेको र हाल जिल्लामा १ सय ३२ जना सक्रिय संक्रमित रहेका छन् ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-9851124751
ईमेल: [email protected]
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com