२०७९ साउन ३१ गते
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यू-१५ महिला च्याम्पियनसिपका लागि खुल्ला छनोटमार्फत खेलाडी छनोट गर्ने भएको छ ।
दक्षिण एशियाली फुटबल महासंघ (साफ) को कार्यक्रम अनुसार साफ यू-१५ महिला च्याम्पियनसिप आगामी कात्तिक १५ देखि २६ गतेसम्म बंगलादेशमा आयोजना हुँदैछ ।
एन्फाले मंगलबार विज्ञप्ति निकालेर जारी गर्दै भदौ १ गतेदेखि खेलाडी छनोट प्रक्रिया सुरु हुने भन्दै कार्यतालिका सार्वजनिक गरेको छ ।
जसअनुसार भदौ १ गते एन्फामा आबद्ध ४८ जिल्लालाई सूचित गर्ने र भदौ २ देखि १० गतेसम्म जिल्ला स्तरिय खुल्ला छनोट गरिनेछ । जिल्लाबाट छनोटपछि भदौ १५ देखि १९ गतेसम्म सातै प्रदेशको राजधानीमा प्रदेशस्तरको छनोट कार्यक्रम हुने एन्फाले जनाएको छ ।
प्रदेशको छनोटपछि एन्फा कम्प्लेक्समा भदौ २३ देखि २८ गतेसम्म पोजिसन अनुसार खेलाडी छनोट कार्यक्रम हुनेछ र भदौ ३० गते ४० खेलाडीलाई पहिलो चरणमा छनोट गरिने एन्फाले जनाएको छ ।भदौ ३१ देखि ४० खेलाडीको प्रशिक्षण सुरु हुनेछ र असोज ७ गते २५ खेलाडी छनोट गरिनेछ । दशैं बिदापछि असोज २३ गतेदेखि करिब २० दिन प्रशिक्षण गरिने एन्फाले जनाएको छ ।
२०६३ पुस १७ वा त्यो भन्दा पछि जन्मिएका खेलाडीहरुले मात्र साफ यू-१५ महिला च्याम्पियनसिपका लागि खुल्ला छनोट मा सहभागी हुन पाउनेछन् ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-9851124751
ईमेल: [email protected]
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com