दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि आएको उक्त विधेयकका विषयमा संशोधनको आवश्यकता औँल्याउँदै सुझाव र सन्देशसहित राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा फिर्ता पठाएकी थिइन् । तत् पश्चात बसेको प्रतिनिधिसभा बैठकले पुनः विनासंशोधन जस्तोको तस्तै पारित गरि राष्ट्रिय सभामा पठाएको छ । राष्ट्रिय सभाले थप छलफल र पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा आइतबार सो विधेयक पठाएको छ । यसपछि सोमबार बसेको विधायन समितिमा सो विधेयकमाथि छलफल भएको छ । उक्त छलफल नै छाडेर एमाले बाहिरिएको हो । यद्यपि, एमाले बैठक भने बहिस्कार गरेको भने होइन । बैठक चलिरहँदा बाहिर अर्को बैठकमा सहभागी हुनुपर्ने भन्दै एमाले सांसद बाहिरिएका हुन् । एमाले सांसदहरु बाहिरिएपछि बैठक १६ भदौ दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको छ । आगामी बुधबार बस्ने बैठकले सो विधेयक पारित गर्ने समितिको तयारी छ ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-9851124751
ईमेल: [email protected]
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com