• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
आज: 
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
होमपेज /  मुख्य समाचार

धार्मिक सहिष्णुताको प्रतिविम्बका रूपमा तीज पर्वको विशिष्ट : राष्ट्रपति


उज्यालो समाचार August 30, 2022 मा प्रकाशित (५ महिना अघि) अनुमानित पढ्ने समय : ० मिनेट

राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीज पर्वले सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्ध थप सुमधुर बनाउन योगदान गर्ने विश्वास व्यक्त गरेकी छन् । तीजको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले तीज पर्वले समाजका हरेक क्षेत्रमा महिलाको समान पहुँचलाई अझ सशक्तरूपमा अघि बढाउँदै सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने विश्वास व्यक्त गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले नारी सामर्थ्यलाई अभिव्यक्त गर्ने तीजले सामाजिक एकता, महिला सशक्तीकरण र सामाजिक सद्भाव कायम गर्न अवसर निर्माण गर्दै आएको उल्लेख गर्दै तीज पर्वलाई महिला जागरणको सन्देश फैलाउने सामाजिक मञ्चका रूपमा ग्रहण गर्न सकिने बताइन् ।

‘महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव, हिंसा एवं सामाजिक कुरीतिहरूको अन्त्य गरी समतामूलक समाज निर्माण गर्न तीजले हामी सबैमा नयाँ उत्साह र जाँगर प्रदान गर्ने मैले अपेक्षा लिएको छु,’ उनले सन्देशमा उल्लेख गरेकी छन् ।
उनले तीजको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीहरूमा सुख, शान्ति र सौभाग्यका लागि कामना गर्नु व्यक्त गरेकी छन् ।

‘हिन्दू धर्मावलम्बी महिलाले भाद्र शुक्ल द्वितीया तिथिदेखि पञ्चमीसम्म विभिन्न व्रत, अनुष्ठान एवं मनोरञ्जनसहित मनाउने यस पर्वको उच्च धार्मिक तथा सांस्कृतिक महत्व रही आएको पाइन्छ’ उनको सन्देशमा भनिएको छ, ‘परापूर्वकालदेखि अवलम्बन गरिएको रीतिरिवाज, रहनसहन र धार्मिक सहिष्णुताको प्रतिविम्बका रूपमा पनि तीज पर्वको विशिष्ट स्थान छ ।’

सम्बन्धित पोस्ट
  • लुम्बिनीको राजधानी दाङबाट रुपन्देहीमै फिर्ता ल्याउँछौं : गृहमन्त्री खाँण
  • नागरिकताका विषयमा रवि लामिछानेलाई आयोगले सोध्यो स्पष्टीकरण
  • ७७ जिल्लामा डेंगु, ४३ हजार बिरामी
  • एसियन कप फुटबल छनोटमा नेपालले आज चाइनिज ताइपेसँग खेल्ने
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    लुम्बिनीको राजधानी दाङबाट रुपन्देहीमै फिर्ता ल्याउँछौं : गृहमन्त्री खाँण

    नागरिकताका विषयमा रवि लामिछानेलाई आयोगले सोध्यो स्पष्टीकरण

    तनहुँको मानहुकोट्मा बड्न थाल्यो पर्यटनको चाप

    भाइटीकाको साइत बिहान ११:३७ मा, टीका लगाइदिनेले पूर्व र लगाइमाग्नेले पश्चिम फर्कनुपर्ने

    ७७ जिल्लामा डेंगु, ४३ हजार बिरामी

    तिहारका लागि तीन जिल्लाका जिल्ला प्रमुखहरुले जारी गरे कडा निर्देशन

    प्रधानमन्त्री देउवाको उम्मेदवारीविरुद्ध परेको उजुरी खारेज

    एसियन कप फुटबल छनोटमा नेपालले आज चाइनिज ताइपेसँग खेल्ने

    ७७ जिल्लामा डेंगु, ४३ हजार बिरामी

    आज महानवमी,सिद्धिदात्री देवीको उपासना गरिँदै

    भक्तपुरमा राँगोलाई रक्सी खुवाएर दौडाउने जात्रा आज

    आज दशैँको साताैँ दिन फूलपाती भित्र्याइँदै

    बडादशैँको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना

    उज्यालो समाचार

    लुम्बिनीको राजधानी दाङबाट रुपन्देहीमै फिर्ता ल्याउँछौं : गृहमन्त्री खाँण

    नागरिकताका विषयमा रवि लामिछानेलाई आयोगले सोध्यो स्पष्टीकरण

    तनहुँको मानहुकोट्मा बड्न थाल्यो पर्यटनको चाप

    भाइटीकाको साइत बिहान ११:३७ मा, टीका लगाइदिनेले पूर्व र लगाइमाग्नेले पश्चिम फर्कनुपर्ने

    ७७ जिल्लामा डेंगु, ४३ हजार बिरामी

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रकाशक/प्रबन्ध निर्देशक

    सुवाष चौलागाईं

    कार्यकारी सम्पादक

    दिपेस अधिकारी

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-9851124751

    ईमेल: [email protected]

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • ट्वीटर
    • युटुव
    • इन्स्टाग्राम
    © 2018 - 2023 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑