काठमाडौं । जबरजस्ती करणीको मुद्दामा आफूविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै नेपाली क्रिकेट टिमका निवर्तमान कप्तान सन्दीप लामिछाने स्वदेश फर्कने भएका छन् । उनले सामाजिक सञ्जालमार्फत कानुनको सम्मान गर्दै क्यारेबियन प्रिमियर लिग (सिपिएल) बाट बिदा हुँदै स्वदेश फर्कने जनाएका हुन् ।
लामिछानेले आफू निर्दोष भएको र घटनाको निष्पक्ष छानबिन हुनेमा विश्वस्त रहेको पनि उल्लेख गरेका छन् ।
‘म निर्दोष छु । सिपिएलबाट बिदा लिएर केही दिनभित्र स्वदेश फर्कँदैछु । यी सबै आधारहीन आरोपको सामना गर्न तयार छु,’ सन्दीपले सामाजिक लेखेका छन्, ‘सही र गलत के हो निष्पक्ष छानबिन हुनेमा विश्वस्त छु । आशा छ कानुनले समान काम गर्नेछ ।’
मंगलबार साँझ १७ वर्षीया किशोरीले प्रहरी वृत्त गौशालामा उनीविरुद्ध जबरजस्ती करणीको जाहेरी दिएकी थिइन् । सन्दीपले केन्या जानुअघि ५ भदौमा आफूलाई जबरजस्ती करणी गरेको भन्दै ती किशोरीले प्रहरीमा जाहेरी दिएका हुन् ।
किशोरीको जाहेरी लगत्तै प्रहरीले घटनाको विषयमा सुक्ष्म तरिकाले अनुसन्धान अगाडि बढाएको छ । प्रहरीका अनुसार पीडित भनिएकी किशोरी र सन्दीप बसेको होटलको सीसीटीभी फुटेज पनि संकलन भइसकेको छ ।
अदालतले पक्राउ गर्न अनुमति दिएसँगै नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार सन्दीपलाई नेपाली क्रिकेट टोलीबाट निलम्बनसमेत गरिसकेको छ ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-9851124751
ईमेल: [email protected]
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com