काठमाण्डाै -नेपाल सरकारले कोरोना बिमा दाबी रकम भुक्तानी गर्न एक अर्ब रुपैयाँ निकासा गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना बिमा दाबी भुक्तानी गर्न बाँकी रकमका लागि बिमा समितिमार्फत रकम वितरण गर्ने निर्णय गरेको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार केही दिनभित्र बजेट समितिमार्फत भुक्तानी प्रक्रिया अगाडि बढ्नेछ । बिमा समितिको तथ्यांकअनुसार एक लाख ११ हजार आठ सय ९९ वटा पोलिसीको दाबी भुक्तानी भएको छैन । सो पोलिसीमार्फत १० अर्ब ५२ करोड रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ । सो रकम सरकारको दायित्वअन्तर्गत पर्छ । सरकारले आफ्नो दायित्व रकम भुक्तानी गरेपछि मात्रै बिमितलाई दाबी रकम वितरण गर्न सकिने भन्दै कम्पनीहरूले विगत एक वर्षदेखि दाबी भुक्तानी गरेका छैनन् ।
कोरोना बिमाबापत निर्जीवन बिमा कम्पनीहरूमा परेको कुल दाबीको ७० प्रतिशत पोलिसीको अझै भुक्तानी भएको छैन । निर्जीवन बिमा कम्पनीहरूमा एक लाख ६२ हजार तीन सय ४६ वटा कोरोना बिमा पोलिसीको दाबी परेको थियो । जसमध्ये कम्पनीहरूले हालसम्म ५० हजार चार सय ४७ वटा पोलिसीको मात्रै दाबी भुक्तानी गरेका छन् । एक लाख ११ हजार आठ सय ९९ वटा पोलिसीको अझै भुक्तानी भएको छैन ।
कम्पनीहरूमा १५ अर्ब ३५ करोड ६८ लाख रुपैयाँबराबरको दाबी परेको थियो । जसमध्ये हालसम्म चार अर्ब ८३ लाख ३५ लाख रुपैयाँ मात्रै भुक्तानी भएको छ । नेपाल सरकारबाट दाबी भुक्तान रकम प्राप्त हुने भनी कम्पनीहरूले एक अर्ब ३९ करोड ५४ लाख रुपैयाँ भुक्तानी गरेका छन् ।
समितिको तथ्यांकअनुसार राष्ट्रिय बिमा संस्थानले सबैभन्दा धेरै ५० हजार एक सय २५ वटा बिमा पोलिसी जारी गरेको थियो । जसमध्ये कम्पनीले हालसम्म १० हजार एक सय ८७ वटा पोलिसीको दाबी भुक्तानी गरिसकेको छ । शिखर इन्स्योरेन्सले २० हजार २९, सगरमाथाले १० हजार दुई सय ८० र सिद्धार्थ इन्स्योरेन्सले नौ हजार ३३ वटा बिमा पोलिसी जारी गरेका थिए ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-9851124751
ईमेल: [email protected]
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com