काठमाडौँ — दसैं–तिहार र छठमा अधिकतम खपत हुने वस्तु हुन्, चिनी र घिउ । तर यिनै वस्तु नराखी सरकारले असोज १ देखि कात्तिक १५ सम्म सुपथ मूल्य पसल सञ्चालन गर्दै छ । यी पसलबाट चिनी, घिउलगायत खाद्यान्न वस्तुमा छुट दिने निर्णय भइसकेको छ । तर, शनिबारदेखि सञ्चालनमा आउने छुट पसलमा चिनी र घिउ छैनन् ।
चाडबाडमा सहुलियत दरमा चिनी मुख्यत: साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिक्री गर्छन् । घिउको हकमा दुग्ध विकास संस्थान (डीडीसी) ले छुट दिने गर्छ । तर, यी निकायसँग चिनी र घिउ मौज्दात छैन । ‘दूध अभावका कारण डीडीसीले घिउ नभएको जानकारी गराएको छ । चिनीका लागि सहुलियत चिनी आयात गर्न अर्थले सहमति नै दिएन,’ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीले भनिन्, ‘घिउ र चिनी नभए पनि अन्य खाद्यका विषयमा भने विगतको वर्षभन्दा छुट रकम बढाएका छौं ।’
सहुलियत चिनी आयात गर्न आपूर्ति मन्त्रालयले जेठ २४ मा अर्थमा पत्र पठाएको थियो । पत्रमा साल्टका लागि ४० हजार टन र खाद्य कम्पनीका लागि १० हजार टन आयात सहमति मागिएको थियो । तर, अर्थले सहमति दिएन, जसकारण साल्ट र खाद्यका गोदाम रित्तै भएका हुन् ।
चिनीबाहेक अन्य खाद्यान्नमा प्रतिकिलो/लिटर १० रुपैयाँसम्म छुट दिइएको साल्ट ट्रेडिङ कर्पोरेसनका विभागीय प्रबन्धक ब्रजेश झाले जनाए । साल्टले ४२ कार्यालयमा रहेका आउटलेटबाट छुट दिने उनको भनाइ छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पनि ४१ जिल्लामा रहेका बिक्री केन्द्र/आउटलेटबाट छुट दिने निर्णय गरेको छ । विभिन्न ब्रान्डका चामल, दाल, चिउरा, नुन, तेल, आँटा र गेडागुडीमा छुट भए पनि चिनी बिक्री नहुने कम्पनीका बिक्री वितरण विभाग प्रमुख भीमबहादुर थापाले बताए ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-9851124751
ईमेल: [email protected]
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com