काठमाण्डाै – शेयर बजार आज बुधवार दोहोरो अङ्कले बढेको छ । केही दिनयता लगातार घटिरहेको शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव २२ अङ्कले बढेर एक हजार आठ सय ४८ दशमलव ८२ अङ्कमा पुगेको छ ।
आज म्युचल फन्डबाहेक सबै समूहको शेयर बढेकोमा उत्पादन, विकास बैंक, बीमा र होटल तथा पर्यटन समूहको शेयर उच्च अङ्कले बढेको छ ।
नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । आज दुई सय २६ वटा कम्पनीको २५ लाख ३१ हजार कित्ता शेयर ७२ करोड १२ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नबिल बैंकको तीन करोड ३८ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज साम्लिङ पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-9851124751
ईमेल: [email protected]
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com