• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ श्रावण २, शुक्रबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • ११८ जनाको ज्यान गएको सौर्य एअरलाइन्सको दुर्घटनाको प्रतिवेदन सार्वजनिक।
  • २पर्सि आइतबारदेखि नेपालमा भारी वर्षा हुने ,सचेत रहन मौसमविद्को आग्रह ।
  • ३नवलपरासीमा मोटरसाइकलको ठक्करबाट एक जनाको महिलाको मृत्यु ।
  • ४आज देशभर साउने सङ्क्रान्ति पर्व मनाइँदै ।
  • ५भोलि साउन एक गतदेखि दैनिक १२ घण्टा धरहरा खुल्ने ।
  • ६२४ लाख ५० हजार रुपैयाँ घुस माग गरेको आधारमा , मालपोत कार्यालय भक्तपुरका प्रमुखसहित तीन जनालाई पक्राउ ।
  • ७खहरे खोलाको लेदाले बीपी राजमार्गको सडक अवरुद्ध।
  • ८आफ्नो जग्गा भन्दा पनि आफू र आफ्नो घर सुरक्षितको बारेमा सोचौं:स्वास्थ्यमन्त्री किरण थापा
  • ९सत्यतथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनेर राजीनामा दिएको गुप्ताको भनाई ।
  • १०आन्दोलनमा उत्रिएका विद्याथीहरु पक्राउ, अवस्था तनाव ग्रस्त ।
  • ११रास्वपा गयो विपद् न्यूनीकरण तथा उद्धार र राहत वितरणमा जुट्न आह्वान ।
  • १२सर्पको टोकाइबाट छाउगोठमा सुतेकी महिलाको मृत्यु।
  • १३कपिलवस्तुमा बस अनियन्त्रित भएर दुर्घटना हुदाँ २६ जना घाइते ।
  • १४आज यी प्रदेशमा भारी वर्षा र चट्याङको सम्भावना ?
  • १५प्रजनन क्षमता बढी भएको बेलामा नै सन्तान जन्माउन राम्रो हुने, प्रधानमन्त्री ओलीको भनाई ।
होमपेज /  मुख्य समाचार

राष्ट्रपति भण्डारीविरुद्ध आक्रामक बन्दै सत्ता गठबन्धन


उज्यालो समाचार September 21, 2022 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं । गठबन्धनका शीर्ष नेताहरुलाई कानुनविदहरुले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सर्वोच्च अदालत जान सकिने सुझाव दिएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा बुधबार साँझ गठबन्धनका नेताहरुले कानुनविदहरुसँग परामर्श गरेका थिए। सदनबाट पारित गरेर दोस्रोपटक प्रमाणीकरणका लागि सरकारले राष्ट्रपतिलाई नागरिकता सम्बन्धी विधेयक पठाएकोमा मंगलबारसम्मको समयसीमामा राष्ट्रपतिले प्रमाणीकरण गरिनन्।

राष्ट्रपति भण्डारीले विधेयक अस्वीकृत गरेसँगै गठबन्धनले छलफललाई तीब्रता दिएको छ।

बुधबार बिहान गठबन्धनको बैठकले भण्डारीको कदमले संवैधानिक व्यवस्थामाथि प्रहार भएको निष्कर्ष निकालेको थियो। साँझको कानुन विदहरुसँगको परामर्शमा कानुनविदहरुले राष्ट्रपति भण्डारीको कदम असंवैधानिक भएकोले कानुनी उपचार खोज्न सकिने राय दिएको सरकारका प्रवक्ता तथा नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

‘सबै कानुनविदहरुको निष्कर्ष छ संविधान अनुसार प्रमाणीकरण गर्नुपर्छ। नगरेर असंवैधानिक काम गर्नु भयो भन्ने उहाँहरुको निष्कर्ष छ,’ कार्कीले भने।

गठबन्धनले भने राष्ट्रपतिको कदमविरुद्ध अदालत जाने नजाने भन्नेबारेमा भने निर्णय गरिसकेको छैन। ‘उहाँहरुले सल्लाह दिनुभएको छ। छलफलपछि एउटा बाटोमा जान्छौं हामी,’ उनले भने।

सत्ता घटक दलका नेताहरुले प्रधानमन्त्री देउवालाई राष्ट्रपतिविरुद्ध अदालत जानुपर्ने बताइरहेका छन्। नेकपा (माओावादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बुधबार काठमाडौंमा आयोजित फरक फरक कार्यक्रममा अदालत जाने बारेमा गठबन्धानमा छलफल भइरहेको बताएका थिए।

यस्तै बालुवाटारको परामर्शमा केही कानुनविदहरुले विधेयक प्रमाणीकरण नभए पनि विधेयकलाई राजपत्रमा प्रकाशन गर्नुपर्ने सुझाएका छन्। केही कानुनविदहरुले भने प्रमाणीकरणका लागि उपराष्ट्रपति कहाँ जान सुझाएका छन्। उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले बुधबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीको आलोचना गरेका छन्। ‘संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकाहरुलाई संविधानको दायराभन्दा बाहिर जाने छुट छैन,’ पुनले विज्ञप्तिमा भनेका छन्।

राष्ट्रपति भण्डारीलाई प्रमाणीकरणका लागि सरकारले साउन १६ गते पहिलोपटक विधेयक पठाएको थियो। उक्त विधेयकलाई उनले प्रमाणीकरण गर्न अस्वीकार गरेर आफ्नो सन्देशसहित संसदमै फिर्ता पठाएकी थिइन। विधेयक फिर्ता भएपछि पनि सत्ता गठबन्धनले उक्त विधेयकलाई हुबहु प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित गरेको थियो। आफ्नो सन्देशलाई विधेयकमा नसमेटेको भन्दै राष्ट्रपति भण्डारी सरकारसँग असन्तुष्ट बनेकी थिइन। उनले पछिल्लो समय विभिन्न व्यक्तिहरुसँग नागरिकता विधेकका बारेमा समेत परामर्श गर्दै आएकी थिइन।

विधेयकलाई राष्ट्रपतिले दोस्रोपटक पनि अस्वीकार गरेपछि सत्ता गठबन्धनमा भने केही अलमल देखिएको छ। अदालत जाने, अध्यादेश ल्याउने या राजपत्रमा प्रकाशन गर्ने भन्नेबारेमा गठबन्धनमा अलमल देखिएको हो।

गठबन्धनका नेताहरुले राष्ट्रपतिविरुद्ध आक्रामक अभिव्यक्ति दिइरहेका छन्। राष्ट्रपति भण्डारीको पूर्व पार्टी नेकपा (एमाले) ले भने औपचारिक रुपमा कुनै प्रतिक्रिया दिएको छैन। गठबन्धनमै रहेको दल राष्ट्रिय जनमोर्चाले भण्डारीको कदमलाई विरोध गर्न अस्वीकार गरेको छ। जनमोर्चाले नमानेपछि गठबन्धनका ४ दलले मात्रै राष्ट्रपतिविरुद्धको विज्ञप्तिमा हस्ताक्षर गरेका छन्।

यस्तै सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) निकट विद्यार्थी तथा युवा संगठनहरुले भने राष्ट्रपतिको पक्ष/विपक्षमा प्रदर्शन गरेका छन्। बुधबार एमाले निकट युवा संघले राष्ट्रपतिको पक्षमा प्रदर्शन गरेको थियो भने माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले राष्ट्रपतिको पुतला दहन गरेको थियो।

सम्बन्धित पोस्ट
  • १८ जनाको ज्यान गएको सौर्य एअरलाइन्सको दुर्घटनाको प्रतिवेदन सार्वजनिक।
  • पर्सि आइतबारदेखि नेपालमा भारी वर्षा हुने ,सचेत रहन मौसमविद्को आग्रह ।
  • नवलपरासीमा मोटरसाइकलको ठक्करबाट एक जनाको महिलाको मृत्यु ।
  • आज देशभर साउने सङ्क्रान्ति पर्व मनाइँदै ।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    १८ जनाको ज्यान गएको सौर्य एअरलाइन्सको दुर्घटनाको प्रतिवेदन सार्वजनिक।

    पर्सि आइतबारदेखि नेपालमा भारी वर्षा हुने ,सचेत रहन मौसमविद्को आग्रह ।

    नवलपरासीमा मोटरसाइकलको ठक्करबाट एक जनाको महिलाको मृत्यु ।

    आज देशभर साउने सङ्क्रान्ति पर्व मनाइँदै ।

    भोलि साउन एक गतदेखि दैनिक १२ घण्टा धरहरा खुल्ने ।

    २४ लाख ५० हजार रुपैयाँ घुस माग गरेको आधारमा , मालपोत कार्यालय भक्तपुरका प्रमुखसहित तीन जनालाई पक्राउ ।

    खहरे खोलाको लेदाले बीपी राजमार्गको सडक अवरुद्ध।

    आफ्नो जग्गा भन्दा पनि आफू र आफ्नो घर सुरक्षितको बारेमा सोचौं:स्वास्थ्यमन्त्री किरण थापा

    १८ जनाको ज्यान गएको सौर्य एअरलाइन्सको दुर्घटनाको प्रतिवेदन सार्वजनिक।

    आज देशभर साउने सङ्क्रान्ति पर्व मनाइँदै ।

    आफ्नो जग्गा भन्दा पनि आफू र आफ्नो घर सुरक्षितको बारेमा सोचौं:स्वास्थ्यमन्त्री किरण थापा

    आज यी प्रदेशमा भारी वर्षा र चट्याङको सम्भावना ?

    देशभर वर्षा र चट्याङ : को–को क्षेत्र छ,उच्च जोखिममा?

    उज्यालो समाचार

    १८ जनाको ज्यान गएको सौर्य एअरलाइन्सको दुर्घटनाको प्रतिवेदन सार्वजनिक।

    पर्सि आइतबारदेखि नेपालमा भारी वर्षा हुने ,सचेत रहन मौसमविद्को आग्रह ।

    नवलपरासीमा मोटरसाइकलको ठक्करबाट एक जनाको महिलाको मृत्यु ।

    आज देशभर साउने सङ्क्रान्ति पर्व मनाइँदै ।

    भोलि साउन एक गतदेखि दैनिक १२ घण्टा धरहरा खुल्ने ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑