रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले जारी रुस-युक्रेन युद्धमा आंशिक सैनिक परिचालन गर्न सकिने घोषणा गरेसँगै रुसमा सरकारविरोधी प्रदर्शन तीव्र भएको छ । पुटिनले हालैमात्र पश्चिमा मुलुकले रुसलाई सिध्याउन सुरु गरेको षड्यन्त्रलाई विफल पार्न आंशिक सैनिक परिचालन गर्नसकिने घोषणा गरेका थिए ।
आंशिक सैनिक परिचालन भन्नाले रुसी सैनिकले रिजर्भमा राखेका र पहिला सैनिक रहिसकेका व्यक्तिलाई पुनः युद्धमा परिचालन गरिनु हो । पुटिनको उक्त घोषणाको केही समयपछि रुसी रक्षामन्त्री सर्गेई शोइगुले ३ लाख रुसी नागरिकलाई आंशिक सैन्य परिचालनमा बोलाइनसक्ने बताएका थिए ।पुटिनको उक्त घोषणासँगै रुसमा प्रदर्शन सुरु भएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम गार्जियनका अनुसार देशका अन्य स्थानमा भन्दा मस्को र सेन्ट पिटसबर्गमा प्रदर्शन व्यापक बनेको छ । हालसम्म १ हजार ३ सय मानिसलाई प्रहरीले पक्राउसमेत गरेको छ ।
रुसमा पुटिनविरुद्धको यस किसिम प्रदर्शनलाई दुर्लभ मानिन्छ । युद्ध र पुटिनविरोधी अभिव्यक्ति दिनेलाई रुसमा चरम यातना दिइने भएकाले पनि यहाँ विरलैमात्र सरकारविरोधी प्रदर्शन हुने गर्छ ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-9851124751
ईमेल: [email protected]
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com