काठमाडौं महानगरपालिकाले वीर अस्पताल अगाडि रहेका औषधि पसलमा डोजर चलाएको छ । महानगरपालिकाले अस्पताल क्षेत्र वरपर बनेका अनधिकृत संरचना हटाउन थालेको हो ।
यसअघि महानगरपालिकाले फार्मेसी सञ्चालकलाई बुधबार नै २४ घण्टाभित्र औषधि पसल हटाउन निर्देशन दिएको थियो । तर, फार्मेसी सञ्चालकले तत्काल हटाउन नसकिने जवाफ दिएपछि महानगरले बिहीबार डोजर चलाएको हो ।
फार्मेसी सञ्चालन भएका ठाउँ बगैँचा बनाउने भनिएकोमा फार्मेसी चलाएको पाइएपछि महानगरले डोजर चलाएको हो । यसअघि नै वीर अस्पतालले समेत उक्त जग्गा खाली गराउन खोजेको थियो ।
केही साता अघिदेखि काठमाडौं महानगरपालिकाले अवैध संरचना भत्काउने अभियान सुरु गरेको थियो । योबीचमा महानगरपालिकाले विभिन्न ठाउँका अवैध संरचना हटाइसकेको छ ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-9851124751
ईमेल: [email protected]
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com