प्रमुख जिल्ला अधिकारीसँग शुक्रबार वार्ता गर्ने सहमति भएसँगै पृथ्वी राजमार्गको गजुरीमा भएको अवरोध खुला भएको छ । बिहीबार विहान विद्यालय हिँडेका एक बालकलाई बसले ठक्कर दिँदा उनको मृत्यु भएपछि विद्यार्थी र स्थानीयले सडक अवरुद्ध गरेका थिए ।
गजुरी गाउँपालिकाको वडा नम्बर १ गजुरी बजारमा विद्यालय हिँडेका ६ वर्षीय विजय परियारलाई गोरखा जाँदै गरेको बसले ठक्कर दिएको थियो । काठमाडौंबाट गोरखा जाँदै गरेको ग १ ख ४५६५ नम्बरको बसले बाटो काट्दै गर्दा जेब्रा क्रसिङमै ठक्कर दिँदा विजयको घटनास्थलमै मृत्यु भएको थियो । स्थानीय आदर्श माध्यमिक विद्यालयमा कक्षा १ मा अध्ययनरत विजयको मृत्यु भएसँगै स्थानीय र सोही विद्यालयका विद्यार्थीले सडक अवरुद्ध गरेका थिए ।
विद्यार्थी र स्थानीयले लापरवाहीपूर्वक सवारी चलाएको भन्दै उक्त बसमा आगजनीसमेत गरेका छन् । चालकलाई हदैसम्मको कारवाही र मृतकको परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै सडकमै शव राखेर करिब ५ घण्टा सडक अवरुद्ध गरिएको थियो । धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालका अनुसार शुक्रबार मृतकका परिवार र प्रमुख जिल्ला अधिकारीबीच वार्ता गर्ने र मृतकको परिवारलाई उचित क्षतिपूर्ति दिलाउने सम्बन्धमा सहमति भएसँगै अवरुद्ध राजमार्ग खुलेको हो ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-9851124751
ईमेल: [email protected]
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com