काठमाडौं । काठमाडौं महानगरपालिकाले बिहीबार वीर अस्पताल अगाडिको औषधि पसलको सटरमा डोजर चलाएको छ । कामपा २७ नम्बर वडा कार्यालयको सिफारिसमा कामपा प्रहरीले वीर अस्पताल अगाडिको ८ वटा सटर हटाएको हो । यसअघि कामपा प्रहरीले बुधबार २४ घण्टाभित्र सटर भत्काउने चेतावनी दिँदै माइकिङ गरेको थियो ।
कामपा प्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको टोलीले हिजो दिउँसो २ बजे वीर अस्पताल परिसरअगाडिको सटरमा डोजर चलाएको हो । पसल सञ्चालकले तत्काल पसल हटाउन नसकिने भन्दै पसल हटाउन नचाहेपछि आफूले सामान हटाउन चेतावनी दिएको जानकारी दिँदै कामपा प्रहरी प्रमुख पाण्डेले भन्नुभयो– ‘हामीले पसल हटाउन आग्रह गरी केही दिन पर्खेका थियौं, त्यसपछि डोजर चलायौं ।’
अस्पतालको नयाँ भवन परिसरमा रहेको सो क्षेत्रमा नक्सा पास गर्दा बगैंचा बनाउने उल्लेख भएको जिकिर गर्दै उहाँले अब उक्त स्थानमा चाँडै बगैंचा बन्ने बताउनुभयो ।कामपा–२७ का वडा अध्यक्ष योगेश खड्गीले नेपाल समाचारपत्रसँगको कुराकानीमा अवैध रूपमा फार्मेसी राखेको जानकारी पाएपछि भत्काएका दाबी गर्नुभयो । बुधबार कामपा प्रहरी प्रमुख पाण्डेसहितको टोलीले वीर अस्पतालका प्रशासन प्रमुख भुपेन्द्र बस्नेतसँग छलफल गरी ती अवैध सटरहरू भत्काउने निर्णय गरेको हो ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-9851124751
ईमेल: [email protected]
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com