भक्तपुरको लोकन्थलीमा गाडीले किचेर १७ महिने शिशुको ज्यान गएको छ।
मध्यपुर ठिमी-१ लोकन्थलीका १७ महिने सलिन श्रेष्ठको शुक्रबार बिहान गाडीको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।
पाण्डेका अनुसार खेल्दै गरेका बालक पानी झार्न रोकेको बा ५ ख ७८१७ नम्बरको गाडीमुनि छिरेका थिए।
गाडी मुनी बालक छिरेको थाहा नपाएपछि चालकले पानी झारेर अगाडि बढ्दा उनी गम्भीर घाइते भएका थिए।
उपचारका लागि तत्काल समिट अस्पतालमा लगिए पनि उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीले गाडी चालक सिन्धुपाल्चोक मेलम्ची-३ घर भई मूलपानी बस्ने २३ वर्षीय आकाश भुजेललाई नियन्त्रणमा लिएको छ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-9851124751
ईमेल: [email protected]
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com