• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ माघ २३, शुक्रबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १केन्द्रीय सुरक्षा समितिद्वारा निर्वाचनमा ड्रोन प्रयोगमा प्रतिबन्ध अरु के के भए निर्णयहरु?
  • २बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले १ लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • ३४ वर्षीया बालिकाको निधन प्रति रास्वपा स्तब्ध, पीडित परिवारलाई न्याय दिलाउने प्रतिबद्धता
  • ४दुर्गा प्रसाईं पक्राउ
  • ५बैतडीमा जन्ती बस दुर्घटनामा : मृत्यु हुनेको संख्या १३ पुग्यो ,बेहुलाबेहुली सकुशल
  • ६बैतडीमा जन्ती बोकेको बस दुर्घटना
  • ७प्रतिनिधिसभा निर्वाचन तयारी तीव्र : ६० क्षेत्रको मतपत्र तयार
  • ८“युवा, रोजगारी र सुशासन मेरो प्राथमिकता” : कांग्रेस उम्मेदवार कविर राणा
  • ९काठमाडौंबाट उडेको ४ मिनेटमै इञ्जिन समस्या आएपछी जहाज कोलकातामा सुरक्षित अवतरण
  • १०“राष्ट्रभन्दा माथि पार्टीको स्वार्थ राख्दैन बदलिएको कांग्रेस”:सभापति गगन थापा
  • ११डस्टबिनबाट सुन निकाल्दै गरेका त्रिभुवन विमानस्थलका कर्मचारी पक्राउ
  • १२तालिम सकेर घर फर्कँदै गरेका निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्यु
  • १३आजदेखि निर्वाचन सुरक्षाका लागि नेपाली सेना परिचालन
  • १४काठमाडौंको  नयाँबस्तीमा आगलागी, २४ परिवार विस्थापित
  • १५सामाजिक सञ्जाल नियमन विधेयक फिर्ता लिने सरकारको निर्णय

NitcoNepal

Tags

उज्यालो नेपाल पार्टी नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा युवराज सफल रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  मुख्य समाचार

दशैंमा सार्वजनिक यातायात ब्यवस्थापनका लागि भक्तपुरको विशेष योजना


उज्यालो समाचार September 28, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

भक्तपुरमा सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन गुनासो सुन्ने र समाधान गर्ने उदेश्यले यात्रु सहायता कक्ष संचालन गर्ने निर्णय गरिएको छ । चाडबाडमा हुनसक्ने यात्रुको असहजता अन्त्यको लागि सिडिओ रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको यातायात व्यवस्था समितिको बैठकले यस्तो निर्णय गरेको हो । जगाती लगायत स्थानमा यात्रु सहायता कक्ष रहने र यसले यात्रीलाई परेको समस्या तत्काल समाधान गर्ने बिश्वास व्यक्त गरिएको छ । भक्तपुरको बाटो हुँदै उपत्यका बाहिरिने यात्रुलाई समेत यसले सेवा दिने सहायक सिडिओ माधवप्रसाद शर्माले जानकारी दिए । बैठकले सार्वजनिक यातायातको भाडामा गुनासो भएमा, दुर्व्यवहार वा सास्ती व्यहोर्नु परेमा गुनासो गर्नका लागि प्रहरीको नम्बर अनिवार्य टास गर्नुपर्ने व्यवस्था गरेको बताइको छ । सहायक सिडिओ शर्माले दिएको जानकारी अनुसार जनपद प्रहरीको १००, ट्राफिक प्रहरीको १०३ र सशस्त्र प्रहरीको १११४ मा सम्पर्क गर्न सार्वजनिक यातायातले यात्रीले देख्ने गरी सूचना राख्नुपर्ने निर्णय भएको छ । सिडिओ रुद्रादेवी शर्माले सार्वजनिक यातायात जनतासंग जोडिएकोले नाफामुखी मात्र हुनु नहुने प्रष्ट पारेकी छन । उनले चाडपर्वको अवसर पारेर यात्रुलाई ठग्ने, दुर्व्यवहार गर्ने र अलपत्र पार्ने यातायात व्यवसायीलाई कारवाही गर्न कुनै कसर बाँकी नराख्ने बताएकी छन् । उनले भक्तपुरमा उपत्यका बाट बाहिरिने सवारी साधनको चापका कारण हुनसक्ने जामलाई हटाउन विशेष योजना बनाउने समेत बताइन । त्यसका लागि बैकल्पिक मार्गको अध्ययन गरिने र सम्भव भएसम्मको व्यवस्था गरिने उनले जानकारी गराइन । उनले दशैमा जिल्लामा आवतजावत सहज बनाउन सार्वजनिक सवारी थप्न ब्यवसायीलाई आग्रह गरेको समेत बताएकी छन् । सिडिओ शर्माले भक्तपुरका व्यवसायीलाई उपत्यका बाहिर जाने सवारी साधनको अनिवार्य बीमा लगायत कागजपत्र दुरुस्त राख्न, क्षमता भन्दा बढी यात्रु नबोक्न, बढी भाडा असुल नगर्न र प्राविधिकरुपले शंका लागेका सवारी सडकमा नगुदाउन निर्देशन समेत दिइन ।
उक्त अवसरमा ट्राफिक कार्यालयका प्रमुख राजु कार्कीले चाडपर्वमा जिल्लाको ट्राफिक व्यवस्थापनबारे योजना सुनाएका थिए भने यातायात व्यवस्था कार्यालयका प्रमुखले यस पटक उपत्यका बाहिर जाने सवारीले पटके पास लिन नपर्ने जानकारी गराएका थिए । बैठकमा सशस्त्र प्रहरी बल नं.२२ गणका गणपती नरबहादुर रावतले यात्रुले बस कुर्नुपर्नेमा बसले यात्रु कुर्दा समस्या भएको भनेका थिए भने जिल्ला प्रहरी प्रमुख एसपी पराजित केसीले सडक कार्यालय र स्थानीय सरकारको समेत सहयोग रहनुपर्ने आवश्यकता औल्याए ।बैठकमा उपभोक्ताकाबादी नेता मनोज थापा, यातायात व्यवसायीका प्रतिनिधि, नेपाल पत्रकार महासंघका प्रतिनिधि, सडक कार्यालय लगायत सरोकारवालाको सहभागिता रहेको थियो ।

सम्बन्धित पोस्ट
  • केन्द्रीय सुरक्षा समितिद्वारा निर्वाचनमा ड्रोन प्रयोगमा प्रतिबन्ध अरु के के भए निर्णयहरु?
  • बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले १ लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • ४ वर्षीया बालिकाको निधन प्रति रास्वपा स्तब्ध, पीडित परिवारलाई न्याय दिलाउने प्रतिबद्धता
  • दुर्गा प्रसाईं पक्राउ
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    केन्द्रीय सुरक्षा समितिद्वारा निर्वाचनमा ड्रोन प्रयोगमा प्रतिबन्ध अरु के के भए निर्णयहरु?

    बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले १ लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    ४ वर्षीया बालिकाको निधन प्रति रास्वपा स्तब्ध, पीडित परिवारलाई न्याय दिलाउने प्रतिबद्धता

    दुर्गा प्रसाईं पक्राउ

    बैतडीमा जन्ती बस दुर्घटनामा : मृत्यु हुनेको संख्या १३ पुग्यो ,बेहुलाबेहुली सकुशल

    बैतडीमा जन्ती बोकेको बस दुर्घटना

    प्रतिनिधिसभा निर्वाचन तयारी तीव्र : ६० क्षेत्रको मतपत्र तयार

    “युवा, रोजगारी र सुशासन मेरो प्राथमिकता” : कांग्रेस उम्मेदवार कविर राणा

    केन्द्रीय सुरक्षा समितिद्वारा निर्वाचनमा ड्रोन प्रयोगमा प्रतिबन्ध अरु के के भए निर्णयहरु?

    दुर्गा प्रसाईं पक्राउ

    बैतडीमा जन्ती बस दुर्घटनामा : मृत्यु हुनेको संख्या १३ पुग्यो ,बेहुलाबेहुली सकुशल

    प्रतिनिधिसभा निर्वाचन तयारी तीव्र : ६० क्षेत्रको मतपत्र तयार

    “युवा, रोजगारी र सुशासन मेरो प्राथमिकता” : कांग्रेस उम्मेदवार कविर राणा

    उज्यालो समाचार

    केन्द्रीय सुरक्षा समितिद्वारा निर्वाचनमा ड्रोन प्रयोगमा प्रतिबन्ध अरु के के भए निर्णयहरु?

    बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले १ लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    ४ वर्षीया बालिकाको निधन प्रति रास्वपा स्तब्ध, पीडित परिवारलाई न्याय दिलाउने प्रतिबद्धता

    दुर्गा प्रसाईं पक्राउ

    बैतडीमा जन्ती बस दुर्घटनामा : मृत्यु हुनेको संख्या १३ पुग्यो ,बेहुलाबेहुली सकुशल

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑