• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
आज: 
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
होमपेज /  मुख्य समाचार

दसैँको चौथो दिन आज , कुष्माण्डा देवीको पूजा गरिँदै


उज्यालो समाचार September 29, 2022 मा प्रकाशित (४ महिना अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौँ । नवरात्रको चौथो दिन आज दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजाराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजाराधना गरिन्छ । नवरात्रको पहिलो दिन कात्तिक १ गते दशैँघर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएका स्थानमा नौ दुर्गामध्येकी पहिली शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाराधना गरियो ।

दोस्रो दिन शुक्रबार पूजास्थलमा दोस्री ब्रह्मचारिणीलाई आह्वान गरी विधिपूर्वक पूजाराधना गरिएको थियो भने तेस्रो दिन चन्द्रघण्टाको निष्ठाका साथ पूजाराधना गरियो ।

चौथो दिन आज कुष्माण्डाको विधिपूर्वक पूजाराधना गरिँदै छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गामध्येकी चौथी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकैले यो नामकरण भएको हो । कुष्माण्डाले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ ।

नवरात्रका नौ दिन घटस्थापना गरिएका स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवत लगायत देवीस्तोत्र पाठ समेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गाको विशेष आराधना गर्छन् ।

नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । दुर्गा पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाराधना गर्ने गरिन्छ । यिनै दुर्गाका नौ रुपलाई नवदुर्गा पनि भनिन्छ ।
बडादशैँका १५ दिनमध्ये नवरात्रमा देशभरका शक्तिपीठमा पूजाराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गरेको छ ।

सम्बन्धित पोस्ट
  • लुम्बिनीको राजधानी दाङबाट रुपन्देहीमै फिर्ता ल्याउँछौं : गृहमन्त्री खाँण
  • नागरिकताका विषयमा रवि लामिछानेलाई आयोगले सोध्यो स्पष्टीकरण
  • तनहुँको मानहुकोट्मा बड्न थाल्यो पर्यटनको चाप
  • भाइटीकाको साइत बिहान ११:३७ मा, टीका लगाइदिनेले पूर्व र लगाइमाग्नेले पश्चिम फर्कनुपर्ने
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    लुम्बिनीको राजधानी दाङबाट रुपन्देहीमै फिर्ता ल्याउँछौं : गृहमन्त्री खाँण

    नागरिकताका विषयमा रवि लामिछानेलाई आयोगले सोध्यो स्पष्टीकरण

    तनहुँको मानहुकोट्मा बड्न थाल्यो पर्यटनको चाप

    भाइटीकाको साइत बिहान ११:३७ मा, टीका लगाइदिनेले पूर्व र लगाइमाग्नेले पश्चिम फर्कनुपर्ने

    ७७ जिल्लामा डेंगु, ४३ हजार बिरामी

    तिहारका लागि तीन जिल्लाका जिल्ला प्रमुखहरुले जारी गरे कडा निर्देशन

    प्रधानमन्त्री देउवाको उम्मेदवारीविरुद्ध परेको उजुरी खारेज

    एसियन कप फुटबल छनोटमा नेपालले आज चाइनिज ताइपेसँग खेल्ने

    ७७ जिल्लामा डेंगु, ४३ हजार बिरामी

    आज महानवमी,सिद्धिदात्री देवीको उपासना गरिँदै

    भक्तपुरमा राँगोलाई रक्सी खुवाएर दौडाउने जात्रा आज

    आज दशैँको साताैँ दिन फूलपाती भित्र्याइँदै

    बडादशैँको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना

    उज्यालो समाचार

    लुम्बिनीको राजधानी दाङबाट रुपन्देहीमै फिर्ता ल्याउँछौं : गृहमन्त्री खाँण

    नागरिकताका विषयमा रवि लामिछानेलाई आयोगले सोध्यो स्पष्टीकरण

    तनहुँको मानहुकोट्मा बड्न थाल्यो पर्यटनको चाप

    भाइटीकाको साइत बिहान ११:३७ मा, टीका लगाइदिनेले पूर्व र लगाइमाग्नेले पश्चिम फर्कनुपर्ने

    ७७ जिल्लामा डेंगु, ४३ हजार बिरामी

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रकाशक/प्रबन्ध निर्देशक

    सुवाष चौलागाईं

    कार्यकारी सम्पादक

    दिपेस अधिकारी

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-9851124751

    ईमेल: [email protected]

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • ट्वीटर
    • युटुव
    • इन्स्टाग्राम
    © 2018 - 2023 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑