निर्वाचन आयोगले नेपाली सेना र प्रहरीबाट सञ्चार माध्यमको अनुगमन गर्ने तयारी गरेपछि पत्रकारहरू विरोधमा उत्रिएका छन् । शनिवार नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको बैठकले हातमा कालो पट्टी बाँधेर निर्वाचनको समाचार संकलन गर्ने निर्णय गरेको सचिव सन्जीप शुभचिन्तकले जानकारी दिए ।
नेपालमा मिडिया अनुगमन गर्ने निकाय प्रेस काउन्सिल हुँदा–हुँदै निर्वाचन आयोगले चालेको कदम गलत भएकाले सांकेतिक विरोधस्वरुप सो निर्णय गरेको सचिव शुभचिन्तकले बताए ।
सो बैठकले नगरकोटलाई पर्यटकीय क्षेत्र घोषणा गर्न र भक्तपुर–नगरकोट सडकको काम चाँडै सम्पन्न गर्नसमेत सरकारको ध्यानाकर्षण गराएको कार्यवाहक अध्यक्ष सुन्दर शिल्पकारले बताए ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-9851124751
ईमेल: [email protected]
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com