• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ माघ ८, बिहिबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १रेशम चौधरीको उम्मेदवारी खारेज
  • २डोटीको स्वाभिमान बोकेका नरेन्द्र खड्का
  • ३सुनको भाउमा अचानक वृद्धिः तोलाको मूल्य २ लाख ९५ हजार नाघ्यो ।
  • ४उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने ।
  • ५सुन तोला को २ लाख ८४ हजार ७ सय रुपैयाँ, चाँदी भने तोलाको ५८८० रुपैयाँ ।
  • ६(रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले झापा क्षेत्र नम्बर ५ बाट गराए उम्मेदवारी दर्ता ।
  • ७निर्वाचनको तयारीमा ओली झापा पुगे, बालेन पनि आजै झापा जाँदै ।
  • ८आज सोनाम ल्होसार विश्वभर विभिन्न कार्यक्रम गरी मनाउँदै ।
  • ९काठमाडौँ मेयर बालेनले दिए राजीनामा, रास्वपा बैठकमा सहभागी हुने।
  • १०आयोगको निर्णयविरुद्ध देउवा पक्ष भोलि सर्वोच्च अदालत जाने तयारी ।
  • ११८ सय ८५ जना हस्ताक्षरकर्ता फर्किनु भएको कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काकको भनाई ।
  • १२२८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस आज विभिन्न कार्यक्रमको साथ मनाइँदै ।
  • १३थारु समुदायले आज माघी पर्वलाई हर्षोल्लासका साथ देशभर मनाईदै ।
  • १४माघे सङ्क्रान्तिका लागि चाकु बनाउन टोखाका व्यवसायीलाई भ्याइनभ्याइ।
  • १५तीन करोडभन्दा बढी रकम लुटिएपछि सिन्धुलीमा बैंक सुरक्षा कडा बनाउन दबाब ।

NitcoNepal

Tags

नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  मुख्य समाचार

सत्ता गठबन्धनमा सिट बाँडफाँडमा किचलो


उज्यालो समाचार October 2, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौं । सत्ता गठबन्धनमा सिट बाँडफाँडमा किचलो देखिएपछि एमालेले पनि टिकट वितरणमा पर्ख र हेरको नीति अख्तियार गरेको छ । सिट बाँडफाँटमा नेकपा एकीकृत समाजवादी (एस) पार्टी र जसपा असन्तुष्ट रहेपछि एमालेले पनि पर्ख र हेरको नीतिमा रहेको छ ।
एस पार्टीले चाहेजस्तो नभएपछि पार्टीका उपमहासचिव जगन्नाथ खतितवडा लगायतका नेताहरु असन्तुष्ट रहेको थाहा पाएर एमालेले केही निश्चित स्थान खाली राखेको छ । काठमाडौ क्षेत्रं नं –२ मा पनि माधवकुमार नेपालका दाहिना हात मानिने कृष्णहरि थापाले पनि एस पार्टी त्यागेको अवस्थालाईसमेत मध्यनजर गरेर एमालेले सत्ता गठबन्धनमा सिट बाँडफाँटको मुड हेरेर मात्रै विभिन्न दलसँग चुनावी तालमेल वा टिकट वितरण गर्ने अवस्थामा पुगेको हो ।
यतिबेला एमालेसँग लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राप्रपा, राप्रपा नेपाल, जनमत पार्टी, हृदयश त्रिपाठी र नेपाली कांग्रेस बीपीसहितका दल एमालेसँग तालमेलका लागि तयार भए पनि गठबन्धनको सिट बाँडफाँटलाई ध्यानमा राखेको स्रोतको दाबी छ ।

टिकट वितरणकै क्रममा एमालेले विभिन्न नेतामार्फत् अन्य दलसँग संवाद गरिरहेको छ । तर चुनावी तालमेल, सिट संख्याबारे निर्णय गर्न अझै केही दिन लाग्ने भएकाले त्यस बारेमा बाहिर कुनै पनि धारणा सार्वजनिक गरिएको छैन ।

गठबन्धनभित्र प्रतिनिधि सभा र प्रदेश सभा सिट भागबण्डामा सहमति नजुटे त्यस्ता पक्षलाईसमेत सहभागी गराउने एमालेले योजना बनाएको स्रोतको दाबी छ ।
अहिलेसम्म गठबन्धन दलभित्र जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादी पार्टीले सिट बाँटफाँडप्रति चित्त बुझाएका छैनन् । एमालेले राजनीतिमा देखिएका यिनै परिदृश्यको विश्लेषण गरेर मात्र दलहरुसँगको तालमेल निर्णय गर्न लागेको हो ।

राप्रपाका एक पदाधिकारीका अनुसार एमालेसँग चरण चरणमा वार्ता भए पनि अहिलेसम्म निर्णय भइसकेको छैन । समानुपातिक सूची फाइनल गरेपछि मात्रै टुंगो लगाउने तयारी गरेको छ ।

‘लोसपा र एमालेबीच पनि चुनावी तालमेल गर्ने निर्णय भइसकेको छ। तर, सिट संख्याबारे निर्णय भएको छैन’, एमाले स्रोतले भन्यो । एमाले अध्यक्ष ओलीको समय नमिलेका कारण लोसपा अध्यक्षको भेटघाट हुन नसकेकाले १५ गतेसम्म कुराकानी नभएको संभवत १६ गते साँझ लोसपा अध्यक्षसँग भेटघाट हुनसक्ने संभावना रहेको एमाले निकट एक नेताले भने ।

बिहीबार बसेको एमाले सचिवालय बैठकले प्रत्यक्षतर्फका उम्मेदवारको टुंगो २२ असोजभित्र लगाउने निर्णय गरेको थियो । त्यसको मुख्य कारण भनेकै गठबन्धन कुरेको अर्का नेताले दाबी गरेका छन ।

‘एमालेले पाँच दलीय गठबन्धनको असन्तुष्ट पक्षलाई आफूतिर तान्न सकिन्छ भनेर कुरेको जस्तो देखिन्छ, त्यही भएर समय लागिरहेको छ,’ ती नेताको दाबी छ । एमालेले अन्य पार्टीसँगको सहकार्यलाई यथावत राख्ने तथा मत र सिट बढाउन आन्तरिक शक्ति सुदृढ गर्ने, गठबन्धनको असन्तुष्टिमा खेल्ने, मधेसमा ध्यान दिने र लोसपा–राप्रपासँग तालमेल गर्ने रणनीति अघि सारेको स्रोतको दाबी छ ।

एमालेले तालमेल केन्द्रस्तरमा नभई जिल्ला तहमा मात्र हुने यसअघि भनिसकेकाले जिल्लालाई केन्द्रीत गरेर अघि बढ्ने बताइएको छ । गत स्थानीय निर्वाचनको तुलनामा १६ प्रतिशत मत बढाएर प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा पहिलो शक्ति बन्ने महत्वाकांक्षी लक्ष्य राखेको एमालेले त्यसैअनुसारको रणनीति बनाई सम्पूर्ण शक्ति मत र सिट वृद्धिमा केन्द्रित गरेको छ ।

पाँचदलीय गठबन्धनका कारण भने एमाले स्थानीय निर्वाचनमा जस्तै दबाबमा छ । पार्टी अध्यक्ष ओलीको चाहनाअनुसार समानुपातिक र प्रत्यक्षमा टिकट बाँडफाँट गरेर आन्तरिक असन्तुष्टि ‘व्यवस्थापन’ गर्ने रणनीति लिएको भएपनि केही स्थानमा असन्तुष्टि कायमै रहने अवस्था छ ।

सम्बन्धित पोस्ट
  • रेशम चौधरीको उम्मेदवारी खारेज
  • डोटीको स्वाभिमान बोकेका नरेन्द्र खड्का
  • सुनको भाउमा अचानक वृद्धिः तोलाको मूल्य २ लाख ९५ हजार नाघ्यो ।
  • उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने ।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    रेशम चौधरीको उम्मेदवारी खारेज

    डोटीको स्वाभिमान बोकेका नरेन्द्र खड्का

    सुनको भाउमा अचानक वृद्धिः तोलाको मूल्य २ लाख ९५ हजार नाघ्यो ।

    उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने ।

    सुन तोला को २ लाख ८४ हजार ७ सय रुपैयाँ, चाँदी भने तोलाको ५८८० रुपैयाँ ।

    (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले झापा क्षेत्र नम्बर ५ बाट गराए उम्मेदवारी दर्ता ।

    निर्वाचनको तयारीमा ओली झापा पुगे, बालेन पनि आजै झापा जाँदै ।

    आज सोनाम ल्होसार विश्वभर विभिन्न कार्यक्रम गरी मनाउँदै ।

    डोटीको स्वाभिमान बोकेका नरेन्द्र खड्का

    उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने ।

    सन्तोषी माता बचत तथा ऋण सहकारी संस्थाको १८औँ साधारण सभा सम्पन्न

    कांग्रेसभित्र संवादको दबाबः २५ केन्द्रीय सदस्यद्वारा विशेष महाधिवेशन पक्षधरसँग वार्ता माग

    “कर्फ्युको छायाँमा बोल्दै गरेको वीरगञ्ज”

    उज्यालो समाचार

    डोटीको स्वाभिमान बोकेका नरेन्द्र खड्का

    सुनको भाउमा अचानक वृद्धिः तोलाको मूल्य २ लाख ९५ हजार नाघ्यो ।

    उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने ।

    सुन तोला को २ लाख ८४ हजार ७ सय रुपैयाँ, चाँदी भने तोलाको ५८८० रुपैयाँ ।

    निर्वाचनको तयारीमा ओली झापा पुगे, बालेन पनि आजै झापा जाँदै ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑