• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ माघ २२, बिहिबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १बैतडीमा जन्ती बोकेको बस दुर्घटना
  • २प्रतिनिधिसभा निर्वाचन तयारी तीव्र : ६० क्षेत्रको मतपत्र तयार
  • ३“युवा, रोजगारी र सुशासन मेरो प्राथमिकता” : कांग्रेस उम्मेदवार कविर राणा
  • ४काठमाडौंबाट उडेको ४ मिनेटमै इञ्जिन समस्या आएपछी जहाज कोलकातामा सुरक्षित अवतरण
  • ५“राष्ट्रभन्दा माथि पार्टीको स्वार्थ राख्दैन बदलिएको कांग्रेस”:सभापति गगन थापा
  • ६डस्टबिनबाट सुन निकाल्दै गरेका त्रिभुवन विमानस्थलका कर्मचारी पक्राउ
  • ७तालिम सकेर घर फर्कँदै गरेका निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्यु
  • ८आजदेखि निर्वाचन सुरक्षाका लागि नेपाली सेना परिचालन
  • ९काठमाडौंको  नयाँबस्तीमा आगलागी, २४ परिवार विस्थापित
  • १०सामाजिक सञ्जाल नियमन विधेयक फिर्ता लिने सरकारको निर्णय
  • ११क्रान्तिको घण्टी बजिसक्यो, अन्तिम पर्दा उठ्न बाँकी छ”: रवि लामिछाने
  • १२बालेन शाहसँगै सुदूरपश्चिम पुगेका पत्रकार दिनेश सिटौला रहेनन्
  • १३कुहिरोले तराईको जनजीवन प्रभावित , हिमाली भागमा हिमपात र वर्षाको सम्भावना
  • १४राष्ट्रपति पौडेल आज जापानको औपचारिक भ्रमणमा जाँदै
  • १५डिजेल र मट्टितेलको मूल्य बढ्यो, पेट्रोल र ग्यास यथावत्

NitcoNepal

Tags

उज्यालो नेपाल पार्टी नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा युवराज सफल रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  मुख्य समाचार

सत्ता गठबन्धनमा सिट बाँडफाँडमा किचलो


उज्यालो समाचार October 2, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौं । सत्ता गठबन्धनमा सिट बाँडफाँडमा किचलो देखिएपछि एमालेले पनि टिकट वितरणमा पर्ख र हेरको नीति अख्तियार गरेको छ । सिट बाँडफाँटमा नेकपा एकीकृत समाजवादी (एस) पार्टी र जसपा असन्तुष्ट रहेपछि एमालेले पनि पर्ख र हेरको नीतिमा रहेको छ ।
एस पार्टीले चाहेजस्तो नभएपछि पार्टीका उपमहासचिव जगन्नाथ खतितवडा लगायतका नेताहरु असन्तुष्ट रहेको थाहा पाएर एमालेले केही निश्चित स्थान खाली राखेको छ । काठमाडौ क्षेत्रं नं –२ मा पनि माधवकुमार नेपालका दाहिना हात मानिने कृष्णहरि थापाले पनि एस पार्टी त्यागेको अवस्थालाईसमेत मध्यनजर गरेर एमालेले सत्ता गठबन्धनमा सिट बाँडफाँटको मुड हेरेर मात्रै विभिन्न दलसँग चुनावी तालमेल वा टिकट वितरण गर्ने अवस्थामा पुगेको हो ।
यतिबेला एमालेसँग लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राप्रपा, राप्रपा नेपाल, जनमत पार्टी, हृदयश त्रिपाठी र नेपाली कांग्रेस बीपीसहितका दल एमालेसँग तालमेलका लागि तयार भए पनि गठबन्धनको सिट बाँडफाँटलाई ध्यानमा राखेको स्रोतको दाबी छ ।

टिकट वितरणकै क्रममा एमालेले विभिन्न नेतामार्फत् अन्य दलसँग संवाद गरिरहेको छ । तर चुनावी तालमेल, सिट संख्याबारे निर्णय गर्न अझै केही दिन लाग्ने भएकाले त्यस बारेमा बाहिर कुनै पनि धारणा सार्वजनिक गरिएको छैन ।

गठबन्धनभित्र प्रतिनिधि सभा र प्रदेश सभा सिट भागबण्डामा सहमति नजुटे त्यस्ता पक्षलाईसमेत सहभागी गराउने एमालेले योजना बनाएको स्रोतको दाबी छ ।
अहिलेसम्म गठबन्धन दलभित्र जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादी पार्टीले सिट बाँटफाँडप्रति चित्त बुझाएका छैनन् । एमालेले राजनीतिमा देखिएका यिनै परिदृश्यको विश्लेषण गरेर मात्र दलहरुसँगको तालमेल निर्णय गर्न लागेको हो ।

राप्रपाका एक पदाधिकारीका अनुसार एमालेसँग चरण चरणमा वार्ता भए पनि अहिलेसम्म निर्णय भइसकेको छैन । समानुपातिक सूची फाइनल गरेपछि मात्रै टुंगो लगाउने तयारी गरेको छ ।

‘लोसपा र एमालेबीच पनि चुनावी तालमेल गर्ने निर्णय भइसकेको छ। तर, सिट संख्याबारे निर्णय भएको छैन’, एमाले स्रोतले भन्यो । एमाले अध्यक्ष ओलीको समय नमिलेका कारण लोसपा अध्यक्षको भेटघाट हुन नसकेकाले १५ गतेसम्म कुराकानी नभएको संभवत १६ गते साँझ लोसपा अध्यक्षसँग भेटघाट हुनसक्ने संभावना रहेको एमाले निकट एक नेताले भने ।

बिहीबार बसेको एमाले सचिवालय बैठकले प्रत्यक्षतर्फका उम्मेदवारको टुंगो २२ असोजभित्र लगाउने निर्णय गरेको थियो । त्यसको मुख्य कारण भनेकै गठबन्धन कुरेको अर्का नेताले दाबी गरेका छन ।

‘एमालेले पाँच दलीय गठबन्धनको असन्तुष्ट पक्षलाई आफूतिर तान्न सकिन्छ भनेर कुरेको जस्तो देखिन्छ, त्यही भएर समय लागिरहेको छ,’ ती नेताको दाबी छ । एमालेले अन्य पार्टीसँगको सहकार्यलाई यथावत राख्ने तथा मत र सिट बढाउन आन्तरिक शक्ति सुदृढ गर्ने, गठबन्धनको असन्तुष्टिमा खेल्ने, मधेसमा ध्यान दिने र लोसपा–राप्रपासँग तालमेल गर्ने रणनीति अघि सारेको स्रोतको दाबी छ ।

एमालेले तालमेल केन्द्रस्तरमा नभई जिल्ला तहमा मात्र हुने यसअघि भनिसकेकाले जिल्लालाई केन्द्रीत गरेर अघि बढ्ने बताइएको छ । गत स्थानीय निर्वाचनको तुलनामा १६ प्रतिशत मत बढाएर प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा पहिलो शक्ति बन्ने महत्वाकांक्षी लक्ष्य राखेको एमालेले त्यसैअनुसारको रणनीति बनाई सम्पूर्ण शक्ति मत र सिट वृद्धिमा केन्द्रित गरेको छ ।

पाँचदलीय गठबन्धनका कारण भने एमाले स्थानीय निर्वाचनमा जस्तै दबाबमा छ । पार्टी अध्यक्ष ओलीको चाहनाअनुसार समानुपातिक र प्रत्यक्षमा टिकट बाँडफाँट गरेर आन्तरिक असन्तुष्टि ‘व्यवस्थापन’ गर्ने रणनीति लिएको भएपनि केही स्थानमा असन्तुष्टि कायमै रहने अवस्था छ ।

सम्बन्धित पोस्ट
  • बैतडीमा जन्ती बोकेको बस दुर्घटना
  • प्रतिनिधिसभा निर्वाचन तयारी तीव्र : ६० क्षेत्रको मतपत्र तयार
  • “युवा, रोजगारी र सुशासन मेरो प्राथमिकता” : कांग्रेस उम्मेदवार कविर राणा
  • काठमाडौंबाट उडेको ४ मिनेटमै इञ्जिन समस्या आएपछी जहाज कोलकातामा सुरक्षित अवतरण
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    बैतडीमा जन्ती बोकेको बस दुर्घटना

    प्रतिनिधिसभा निर्वाचन तयारी तीव्र : ६० क्षेत्रको मतपत्र तयार

    “युवा, रोजगारी र सुशासन मेरो प्राथमिकता” : कांग्रेस उम्मेदवार कविर राणा

    काठमाडौंबाट उडेको ४ मिनेटमै इञ्जिन समस्या आएपछी जहाज कोलकातामा सुरक्षित अवतरण

    “राष्ट्रभन्दा माथि पार्टीको स्वार्थ राख्दैन बदलिएको कांग्रेस”:सभापति गगन थापा

    डस्टबिनबाट सुन निकाल्दै गरेका त्रिभुवन विमानस्थलका कर्मचारी पक्राउ

    तालिम सकेर घर फर्कँदै गरेका निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्यु

    आजदेखि निर्वाचन सुरक्षाका लागि नेपाली सेना परिचालन

    प्रतिनिधिसभा निर्वाचन तयारी तीव्र : ६० क्षेत्रको मतपत्र तयार

    “युवा, रोजगारी र सुशासन मेरो प्राथमिकता” : कांग्रेस उम्मेदवार कविर राणा

    काठमाडौंबाट उडेको ४ मिनेटमै इञ्जिन समस्या आएपछी जहाज कोलकातामा सुरक्षित अवतरण

    “राष्ट्रभन्दा माथि पार्टीको स्वार्थ राख्दैन बदलिएको कांग्रेस”:सभापति गगन थापा

    डस्टबिनबाट सुन निकाल्दै गरेका त्रिभुवन विमानस्थलका कर्मचारी पक्राउ

    उज्यालो समाचार

    बैतडीमा जन्ती बोकेको बस दुर्घटना

    प्रतिनिधिसभा निर्वाचन तयारी तीव्र : ६० क्षेत्रको मतपत्र तयार

    “युवा, रोजगारी र सुशासन मेरो प्राथमिकता” : कांग्रेस उम्मेदवार कविर राणा

    काठमाडौंबाट उडेको ४ मिनेटमै इञ्जिन समस्या आएपछी जहाज कोलकातामा सुरक्षित अवतरण

    “राष्ट्रभन्दा माथि पार्टीको स्वार्थ राख्दैन बदलिएको कांग्रेस”:सभापति गगन थापा

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑