बेलायत/ बेलायत र नेपालको कला र सस्कृती बिश्व सामु चिनाउनु पर्छ भन्ने मुल नाराकासाथ विश्व साईकल यात्रा सुरु गेरेका दुईजना साईकल यात्रि बेलायत आईपुगेका छन् । भक्तपुर जिल्ला मध्यपुर थिमी नगरपालिका अजय मिश्र र भगत खत्री विभिन्न १०० देशको यात्रापछि यतिबेला बेलायतको रेडिङ आई पगेका हुन् ।
विश्वमा नेपाल र नेपाली कलाको महत्वका बारेमा सन्देश दिने उद्धेश्यले १८ बर्ष अगाडिबाट यात्रा सुरु गरेका मिश्र र खत्रीले नेपालको सास्कृती सम्पदा धर्म,कला,सम्पदा विश्वभर चिनाउने प्रमुख अभियान लिगेर आफुहरु बिश्व यात्रामा हिडेको बतायका छ्न ।
उनिहरुले १८ बर्षको अवधिमा, भारत, श्रीलंका, बंगलादेश, माल्दिभ्स, डेनमार्क,म्यान्मार, भियतनाम, कम्बोडिया,इजिप्ट,इजरायल,लावोस, थाईल्याड, मलेसिया, सिंगापुर, बु्रनाई, सुडान,इन्डोनेसिया, फिलिपिन्स र ताईवानको सफल यात्रा गरेको दावी गरेका छन् । २५ वर्षको अवधिमा १ सय ६० देशको यात्रा गर्ने योजना रहेको साईकल यात्री मिश्रले बताए । यसैबिच गेटर रेडिङ नेपाली समाजका अध्यक्ष भिमसेन खडकाले उनिहरुलाइ स्वागत गर्दै बिश्व साइकल यात्र सोचेको जति सहज नहुने र सचेत भएर यात्रामा लाग्न सुझाब दिनु भयो । कार्यक्रममा समाजका पदाधिकारी लगायत,नेपालीहरुको सहभागीता थियो ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-9851124751
ईमेल: [email protected]
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com