काठमाडौं, नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले सभामुख देवराज घिमिरे सत्ताको इशारामा चलेको बताएका छन् । आज (शुक्रबार) प्रतिनिधि सभा बैठकबाट बाहिरिँदै नेता पौडेलले सभामुखले प्रतिपक्षलाई बोल्नबाट रोकेको बताएका हुन् ।
उनले सभामुखले संसद्लाई एकलौटी ढंगले चलाउने र जबरजस्ती गर्ने नीति तय गरेको उनको भनाइ छ । उनले सभामुखले संसद्लाई सत्तापक्षको इशारामा जबरजस्ती नियन्त्रण गर्न खोजेको बताए । नेता पौडेलले संसद् प्रतिपक्षको हुन्छ भन्ने नजिरलाई नेपालको संसद्ले तोडेको समेत बताए ।
‘प्रतिपक्षले बोल्न पाउनुपर्यो भन्दा सभामुखले बोल्न दिनुभएन । संसद् प्रतिपक्षको हुन्छ भन्ने आम संसदीय मान्यतालाई आज नेपालको संसद्ले उल्लङ्घन गरेको छ । सभामुखज्यूले प्रतिपक्षलाई बोल्नबाट रोक्नुभएको छ । यो भन्दा अगाडि प्रतिपक्षको कुनै सांसदले बोल्न पाएको थियो । आज त्यो पनि बन्द गरिएको छ ।’ उनले भने, ‘आज संसद् एकलौटी ढङ्गबाट चलाउने, जबरजस्त गर्ने, सभामुख सम्पूर्ण रुपमा सत्ताको इसारामा चल्ने, स्थिति बनेको छ । त्यो ढंगबाट उहाँहरु अगाडि जाने कोशिस भएको छ । संसद्लाई नियन्त्रण गरेर जबरजस्ती अगाडि बढ्ने कार्यदिशा तय भएको आज सभामुखको भूमिकाबाट प्रष्ट हुन्छ ।’
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-9851124751
ईमेल: [email protected]
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com