काठमाडौं- गृहमन्त्री रवि लामिछानेको सहकारी ठगीको मुद्दामा क्लिनचिट दिने महान्यायाधीवक्ताको पत्रविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा बहस सकिएकाे छ। साेमबार न्यायाधीशद्वय मनोज शर्मा र तीलप्रसाद श्रेष्ठको इजलासमा भएको सुनुवाइमा बहस सकिएको हो। यस मुद्दामा आज बेलुकासम्म आदेश आउने अदालत स्राेतले जनाएकाे छ।
अधिवक्ता अनुपम भट्टराईले रास्वपाका सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेकाे निलम्बन माग गर्दै मुद्दा दर्ता गरेका थिए।
गृहमन्त्री लामिछानेलाई सहकारी ठगीमा ‘क्लिनचिट’ दिनेगरी महान्यायाधीवक्ता कार्यालयले पत्र लेखेपछि विवाद सुरु भएको हो।महान्यायाधीवक्ता कार्यालयले सहकारीका विषयमा कुनैपनि निकायमा अनुसन्धान, जाहेरी र अभियोग नभएको भनी पत्र लेखेपछि त्यसविरुद्ध भट्टराईले रिट पेश गरेका थिए।
उनले सहकारी ठगीमा विभिन्न जिल्लामा जाहेरी परेको अभियोगपत्रमा समेत नाम उल्लेख भएका व्यक्तिको हकमा यसरी पत्र लेख्नु गैरकानुनी र गैरसंवैधानिक हुने जिकिरसहित रिट पेश भएको थियो।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-9851124751
ईमेल: [email protected]
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com