काठमाडौं । इन्धनको अभाव भन्दै काठमाडौंका पेट्रोल पम्प बन्द गरिएका छन् । नेपाल पेट्रोलियम ट्यांकर चालक संघको आन्दोलनका कारण थानकोट ठिपोबाट इन्धन नउठाएपछि निजी पेट्रोल पम्पमा बन्द गरिएका हुन्
श्रम ऐनअनुसार तलब सुविधा पाउनुपर्ने मागसहित पेट्रोलियम मजदूरहरूले डिपोबाट इन्धन नउठाएपछि काठमाडौं उपत्यकामा पेट्रोलियम पदार्थको हाहाकार भएको छ ।
निजी क्षेत्रका पम्पले इन्धन नबेचेपछि सोमबार बिहानैदेखि सेना, प्रहरी र सशस्त्र प्रहरीका पम्पमा सर्वसाधारणको लाइन लागेको हो । निजी क्षेत्रका पम्पले आइतबारदेखि नै इन्धन बेचेका छैनन् ।
भद्रकाली र लगनखेलमा रहेको सेनाको पम्पमा लामो लाइन देखिएको छ । यस्तै, नक्सालमा रहेको नेपाल प्रहरीको पम्प र हल्चोकमा रहेको सशस्त्र प्रहरीको पम्पमा पनि सर्वसाधारणको लाइन देखिएको छ ।
आन्दोलन गरिरहेको नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघसँग वार्ताका लागि प्रयास भइरहेको नेपाल आयल निगम स्रोतले जानकारी दियको छ ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-9851124751
ईमेल: [email protected]
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com